• २३ मंसिर २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
फरार एकसय एकसठ्ठी थुनुवा तथा कैदीवन्दी प्रहरीको नियन्त्रणमा




घोराही । जिल्ला प्रहरी कार्यालय दाङले जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट फरार भएका एक सय ६१ जना थुनुवा तथा कैदीवन्दीहरुलाई नियन्त्रणमा लिएको छ । कार्यालयले बिहीबार बिहान पत्रकार सम्मेलनमार्फत कार्यालयको मासिक प्रगति विवरण सार्वजनिक गर्दै फरार थुनुवा तथा कैदीबन्दी नियन्त्रण लिएको बारेमा जानकारी गराएको हो ।कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठले कार्यालयको असोज र कात्तिक दुई महिनाको प्रगति विवरण सार्वजनिक गर्दै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट फरार भएका दुई सय ५३ जनामध्ये एकसय ६१ जना थुनुवा तथा कैदीवन्दीहरुलाई नियन्त्रणमा लिएका बताउनुभयो । उहाँले नियन्त्रणमा लिएका फरार थुनुवा तथा कैन्दीबन्दीहरुलाई तुलसीपुर कारागार र घोराही कारागारमा बुझाइसकेको जानकारी दिनुभयो । बाँकी फरार ७५ जना रहेको र त्यसको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकको संयोजकत्वमा टोली गठन गरेर निरन्तर खोजी कार्य भइरहको उहाँले बताउनुभयो । साथै, अन्य जिल्लाको कारागारबाट फरार भएका २४ जना थुनुवा तथा कैन्दीबन्दीलाई पक्राउ गरेर सम्बन्धित कारागारमा बुझाएको समेत उहाँको जोड थियो ।

साथै, जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी कार्यालयको फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत एक सय एकजना फरार प्रतिवादीहरु पक्राउ गरेको र त्यसकबाट छलाख ४५ हजार एक सय ३९ रुपैयाँ जरिवाना असुलउपर गरिएको उहाँको भनाइ थियो ।
जेनजी आन्दोलनमा आगजनी, ढुङ्गामुढा तथा तोडफोड गर्ने २७ जना व्यक्तिहरु पक्राउ परेको उपरीक्षक श्रेष्ठले बताउनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालय दाङले २० जना र इलाका प्रहरी कार्यालय तुलसीपुरले ७ जना पक्राउ गरेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय दाङको भवनमा आगजनी, ढुङ्गामुढा तथा तोडफोड गर्ने १२ जना, जिल्ला अदालत कार्यालय भवनमा आगजनी, ढुङ्गामुढा तथा तोडफोड गर्ने तीन जना, प्रहरी कार्यालय नारायणपुरको भवनमा आगजनी, ढुङ्गामुढा तथा तोडफोड गर्ने दुईजना, जिल्ला सरकारी वकिल कार्यालय भवनमा आगजनी, ढुङ्गामुढा तथा तोडफोड गर्ने दुई जना र तुलसीपुर चोकस्थित प्रहरी विटमा आगजनी, ढुङ्गामुढा तथा तोडफोड गर्ने एकजना पक्राउ परेको बताउनुभयो ।

तुलसीपुरको अस्थायी प्रहरी पोष्ट बसपार्कमा आगजनी, ढुङ्गामुढा तथा तोडफोड गर्ने चार जना र उच्च अदालत तुलसीपुरको भवनमा आगजनी, ढुङ्गामुढा तथा तोडफोड गर्ने तीन जना पक्राउ गरेको र पक्राउ परेका सबैको अहिले अनुसन्धान भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, जिल्लाभरी दुई महिनाको अवधिमा एक सय ७१ वटा मुद्दा दर्ता भएको देखिन्छ, उहाँले भन्नुभयो । कार्यालयमा दर्ता भएका एक सय ७१ वटा मुद्दामध्ये ७० वटा मुद्दा फच्र्यौट भएको र एक सय एकवटा बाँकी मुद्दाको प्रकृति हेरेर फच्र्यौट हुने उहाँले बताउनुभयो । कार्यालय प्रमुख श्रेष्ठका अनुसार जिल्लाभर दुई महिनामा २६ वटा आत्महत्याको भएको थियो । जसमा झुण्डी आत्महत्या २३ र विष सेवनगरी तीन गरी जम्मा २६ जनाको मृत्यु भएको देखिन्छ ।
त्यसैगरी जिल्लामा लागुऔषध बरामतसहित २५ जना पक्राउ परेका छन् । जसमा १५ ग्राम नौसय मिलिग्राम ब्राउन सुगरसहित १८ जना, एक हजार पाँच सय ३२ ट्याबलेट मनोदिपक पदार्थसहित पाँच जना र दुई केजी २२ ग्राम एक सय २० मिलिग्राम गाँजासहित दुईजना प्रक्राउ परेका थिए ।

कार्यालयमा दुई महिनाको अवधिका जुवाताससम्बन्धी ११ वटा मुद्दा दर्ता हुँदा ९२ जना मानिस पक्राउ परेको र त्यसबाट १२ लाख नौ हजार चार सय रुपैयाँ बरामत भएको श्रेष्ठले बताउनुभयो । उहाँले अवैध नदीजन्य उत्खनन् सम्बन्धी २३ वटा ट्याक्टर, एक जेसिवि र एक टिपर गरी जम्मा २० वटा सवारी साधन नियन्त्रणमा लिएको र त्यसमा २० जना मानिस पक्राउ परेकोसँगै जरिवाना पश्चात् छोडिएको बताउनुभयो । जनरिवानाबाट छ लाख ३४ हजार सात सय ८५ रुपैयाँ संकलन भएको रकम सम्बन्धित स्थानीय पालिकालाई पठाउने गरेको उहाँको भनाइ थियो ।

जिल्लामा असोज र कात्तिक दुई महिनामा ट्राफिक चेकिङबाट एक हजार एक सय ७३ वटा सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक चेकिङको क्रममा जिल्ला ट्राफिक कार्यालय दाङले तीन सय ९४, इलाका प्रहरी कार्यालय तुलसीपुरले चार सय ६३ इप्रका गढवाले ३१, इप्रका भालबाङले ७४, इप्रका लमहीले एक सय ३७, इप्रका अमेलियाले ३९ र इप्रका खिलतपुरले ३५ वटा सवारी साधानलाई कारबाही गरेको थियो । सवारी साधन कारबाहीबाट १२ लाख ११ हजार पाँच राजश्व संकलन भएको छ ।

Facebook Comments