• २३ मंसिर २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घाँटीमा हड्डी अड्किएका वृद्धको सफल शल्यक्रिया




घोराही  । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नाक, कान, घाँटीका बिरामीहरुको सफलतापूर्वक अप्रेसन गर्न सुरु गरिएको छ ।

यसै क्रममा रोल्पा थबाङ गाउँपालिका- ४ घर भएका एक जना बिरामीको करिब तीन दिनदेखि घाँटीमा अड्किएको खसीको हड्डी अप्रेसन गरेर सफलतापूर्वक निकालिएको हो ।

७७ वर्षीय रुपधन घर्तीको घाँटीमा हड्डी अड्किएपछि प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका थिए । चिकित्सक, नर्स, स्वास्थ्यकर्मीले मेहनत गरेर घाँटीमा अड्किएको हड्डीको अप्रेसन गरेर निकालेका थिए ।

प्रतिष्ठानका नाक, कान, घाँटी रोग विशेषज्ञ सर्जन, प्रोफेसर डा. दिपेन्द्र गौतमको नेतृत्वमा रहेको नाक,कान, घाँटी रोग विशेषज्ञ डा. एलिना आचार्य, एनेस्थेसियोलोजीष्ट डा. बिभेष मण्डल, नर्स मिना बिश्वकर्मासहितको चिकित्सक, नर्स, स्वास्थ्यकर्मीको टाेलिले बिरामीको सफलतापूर्वक अप्रेसन गरेको थियो ।

बिरामीको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । इन्डोस्कोपिक विधिद्वारा उक्त हड्डीलाई सफलतापूर्वक निकालिएको उपचारमा संलग्न चिकित्सक प्राडा दिपेन्द्र गौतमले बताउनुभयो ।

Facebook Comments