• २३ मंसिर २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सिमेन्ट उद्योगलाई छलफलमा आउन मंसिर १५ गतेसम्मको अल्टिमेटम  




मधुसुदन गिरी 

कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिकामा गुड्ने टिप्परहरु र सिमेन्ट उद्योगहरुले नियमको पालना नगरेको भन्दै स्थानीयले गाउँपालिका र वडा कार्यालयको ध्यानाकर्षण पत्र बुझाउदा समेत अटेरी गरेको भन्दै स्थानीयले मंसिर १५ गतेसम्मको अल्टिमेटम दिएका छन् ।

केहि दिन अगाडी कच्चा पदार्थ बोक्ने टिप्परहरु निर्धारित समय बाहेक अरु समयमा समेत गुड्ने गरेको तथा ओभरलोड तथा ओभर स्पिड गुड्ने गरेको भन्दै स्थानीयले बंगलाचुली गाउँपालिका र वडा नम्बर ३ र ४ को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

तर, ध्यानाकर्षण पत्र बुझाउदा समेत नियमको पालना र सडक मर्मतको कुनै प्रतिक्रिया नआएपछि बिहीबार  फेरि थारामा रहेको सम्राट सिमेन्ट खानी तापामा रहेको घोराही सिमेन्टको खानी, पुगेर अल्टिमेटम पत्र बुझाइएको स्थानीय छविलाल डाँगीले जानकारी दिनुभयो । साथै, टिप्पर व्यावसायी समिति र इलाका प्रहरी कार्यालयमा समेत जानकारी गराएको डाँगीले बताउनुभयो ।

१५ गतेसम्म नियमको अवज्ञा तथा स्थानीयसँग छलफलमा नआए १५ गतेदेखि नै टिप्पर सञ्चालनमा रोक लगाउने स्थानियले चेतावनी दिएका छन् ।

बंगलाचुली गाउँपालिका, जिल्ला प्रशासन कार्याल दाङ र जिल्ला प्रहरी कार्यालाय, व्यवसायी लगाएतकाे सहभागीतामा बसेकाे बैठकले  टिप्परहरुको लागि बिहान नौ बजेदेखि ११ बजेसम्म र दिउँसो तीन बजेदेखि पाँच बजेसम्म टिप्पर सञ्चालनमा रोक लागाउने निर्णय गरेको थियो ।

तर, उक्त नियम हाल कार्यान्वयन नभएको भन्दै  नियम विपरित टिप्पर गुड्ने गरेको भन्दै सो निर्णय पालना गर्नुपर्ने स्थानीयको माग छ । यस्तै, टिप्परले ओभरलोड बोक्ने गरेको साथै गति नियन्त्रण नगर्दा सडकमा यात्रा गर्ने दुइपाङ्ग्रे सवारी साधन, विद्यार्थी तथा बटुवालाई हिड्डुल गर्न समस्या भएको स्थानीयको माग छ ।

बंगलाचुली -४ को तापाचोकदेखि तापासम्मको सडकमा खाल्डा खुल्डि परेको साथै विग्रेको भत्केको सडक तथा फुटपाथको तत्काल मर्मत गर्न माग गरिएको छ ।

Facebook Comments