दाङ। ग्लोबल हब एजुकेशनल नेटवर्क दाङले मसिना दाङस्थित पृथ्वी प्राथमिक विद्यालयका आवश्यक विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। मंसिर चार गते सम्पन्न कार्यक्रममा आर्थिक रूपमा कमजोर बालबालिकालाई विद्यालय ब्याग, कापी–कलमसहितका सामग्री प्रदान गरिएको विद्यालयले जनाएको छ।

ग्लोबल हबका संचालक अभिषेक न्यौपानेले ग्रामीण भेगका बालबालिकालाई आधारभूत शैक्षिक सामग्री उपलब्ध गराउनु संस्थाको नियमित प्रयास भएको बताउँदै, “सानो सहयोगले पनि विद्यार्थीको आत्मविश्वास र सिकाइमा सकारात्मक प्रभाव पार्छ,” भने।
सोही संस्थाका अर्का संचालक राहुल सुवेदीले शिक्षा सबैका लागि समान रूपमा पहुँचयोग्य बनाउन समुदायको सहकार्य आवश्यक हुने उल्लेख गर्दै, “सहयोगले विद्यार्थीमा सिकाइप्रति उत्साह बढोस् भन्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो,” बताए।
विद्यालय प्रशासन र अभिभावकहरूले सामग्री वितरणप्रति धन्यवाद व्यक्त गर्दै यस्तो सहयोगले बालबालिकाको अध्ययनमा हौसला बढाएको जनाएका छन्। ग्लोबल हब एजुकेशनल नेटवर्क दाङले आगामी दिनमा पनि सामाजिक तथा शैक्षिक अभियान निरन्तर चलाइने जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
