घोराही । नेपाल परिवार नियोजन संघ दाङ शाखा र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको संयुक्त आयोजनामा बुधवार दाङको महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा युवाहरूका लागि बृहत् यौनिकता शिक्षा तथा प्रविधि–सहज लैंगिकता आधारित हिंसा सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रविधिको विकाससँगै सामाजिक संजालको हिंसा, अपराधको जोखिम, यौनिकता शिक्षाको आवश्यकता र सुरक्षित डिजिटल व्यवहारबारे बृहत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो । सहभागी युवाहरूलाई प्रविधि–सहज लैंगिक हिंसाका उदाउँदो जोखिम, त्यसका प्रकार, सामाजिक सञ्जाल तथा अनलाइन माध्यममा हुन यौनजन्य हिंसा र जोखिमजन्य –दुव्र्यवहारका रूप तथा रोकथामका उपायहरूको बारे छलफल गरिएको थियो ।
कार्यक्रममा बृहत् यौनिकता शिक्षाका मुख्य पक्षहरू व्यावहारिक उदाहरणसहित प्रस्तुुति गरिएको थियो । । सहभागीहरूलाई सहमतिको महत्व बुझाइँदै व्यक्तिगत सीमाना, सम्मानजनक व्यवहार, सुरक्षित सम्बन्ध निर्माण तथा सहमति बिना कुनै पनि व्यवहार स्वीकार्य नहुने कुरा स्पष्ट पारिएको थियो । यस्तै, लैंगिक समानता सम्बन्धी सिकाइले सबै लिङ्गका अधिकार, समान अवसर र सम्मानको मूलभूत महत्वबारे युवालाई झनै संवेदनशील बनाउने अपेक्षा राखिएको थियो ।
सुरक्षित सम्बन्ध निर्माणका सन्दर्भमा अनलाइन तथा प्रत्यक्ष दुवै परिस्थितिमा जिम्मेवार व्यवहार अपनाउने तरिका बताएको थियो । मित्रता, प्रेम सम्बन्ध तथा सामाजिक अन्र्तक्रिया अपनाउनुपर्ने सुरक्षा उपाय, आत्म–सुरक्षाका तरिका र जोखिम पहिचानका सीपहरूबारे जानकारी गराएको थियो । मनोवैज्ञानिक तथा भावनात्मक स्वास्थ्यका विषयमा तनाव व्यवस्थापन, दबाब सामना गर्ने उपाय, भावनात्मक नियन्त्रण तथा सकारात्मक सोच विकास गर्ने विधिहरूका बारेमा समेत विषय सामाग्री प्रस्तुुत गरिएको थियो ।
साथै सामाजिक सञ्जालमा गोपनीयता जोगाउने उपाय, फेक–पहिचान, पहिचान गर्ने तरिका तथा साइबर धोकाधडीबाट बच्ने उपायहरूका बारेमा समेत जानकारी दिईएको थियो । अनलाइन सीमा कायम गर्ने विषयमा सहभागीहरूलाई अनलाइन मित्रता वा सम्बन्धमा अपनाउनुपर्ने सुरक्षित व्यवहार, अनावश्यक व्यक्तिगत जानकारी साझेदारी गर्न नहुने, र अनलाइन सम्बन्धबाट उत्पन्न हुन सक्ने जोखिम पहिचान गर्ने तरिका राखिएको थियो ।
अभिमुखिकरण कार्यक्रममा नेपाल परिवार नियोजन संघ दाङ शाखाका शाखा प्रमुख बसन्त खनालले युवाबीच यौनिकता शिक्षाको अभावले दुव्र्यसन, कम उमेरमा विवाह, यौनजन्य संक्रमण, मानव बेचबिखन, लागूऔषध दु?पयोग तथा लैंगिक हिंसाका घटना बढिरहेको बताएका थिए। उनका अनुसार, “डिजिटल युगमा यौनिकता शिक्षा अनिवार्य बनेको छ, जसले युवालाई जीवन–कौशल, जिम्मेवार निर्णयक्षमता तथा सुरक्षित अनलाइन व्यवहार गर्न सक्षम बनाउँछ।”
महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख मोहन राना तथा प्राध्यापक शोभाकान्त अधिकारीले बृहत् यौनिकता शिक्षा युवाहरूको सामाजिक–शैक्षिक विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै, यसले जोखिम पहिचान तथा स्वस्थ निर्णय क्षमतामा युवापुस्तालाई सशक्त बनाउने जोड दिएका थिए ।
कार्यक्रममा प्रस्तुत राष्ट्रिय तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८र७९ मा नेपालमा जम्मा १९,७३० वटा साइबर अपराधका मुद्दा दर्ता भएका थिए, जसमा ४४।३२५ पीडित महिला तथा किशोरी र ३युवा लक्षित यौनिकता शिक्षा हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
घोराही, ३ मंसिर । नेपाल परिवार नियोजन संघ ९एफपिएन० दाङ शाखा र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको ९यु।एन।एफ। पि।ए।० संयुक्त आयोजनामा बुधवार दाङको महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा युवाहरूका लागि बृहत् यौनिकता शिक्षा तथा प्रविधि–सहज लैंगिकता आधारित हिंसा सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रविधिको विकाससँगै सामाजिक संजालको हिंसा, अपराधको जोखिम, यौनिकता शिक्षाको आवश्यकता र सुरक्षित डिजिटल व्यवहारबारे बृहतर्् अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो । सहभागी युवाहरूलाई प्रविधि–सहज लैंगिक हिंसाका उदाउँदो जोखिम, त्यसका प्रकार, सामाजिक सञ्जाल तथा अनलाइन माध्यममा हुन यौनजन्य हिंसा र जोखिमजन्य –दुव्र्यवहारका रूप तथा रोकथामका उपायह?को बारे छलफल गरिएको थियो ।
कार्यक्रममा बृहत् यौनिकता शिक्षाका मुख्य पक्षहरू व्यावहारिक उदाहरणसहित प्रस्तुुति गरिएको थियो । । सहभागीहरूलाई सहमतिको महत्व बुझाइँदै व्यक्तिगत सीमाना, सम्मानजनक व्यवहार, सुरक्षित सम्बन्ध निर्माण तथा सहमति बिना कुनै पनि व्यवहार स्वीकार्य नहुने कुरा स्पष्ट पारिएको थियो । यस्तै, लैंगिक समानता सम्बन्धी सिकाइले सबै लिङ्गका अधिकार, समान अवसर र सम्मानको मूलभूत महत्वबारे युवालाई झनै संवेदनशील बनाउने अपेक्षा राखिएको थियो ।
सुरक्षित सम्बन्ध निर्माणका सन्दर्भमा अनलाइन तथा प्रत्यक्ष दुवै परिस्थितिमा जिम्मेवार व्यवहार अपनाउने तरिका बताएको थियो । मित्रता, प्रेम सम्बन्ध तथा सामाजिक अन्र्तक्रिया अपनाउनुपर्ने सुरक्षा उपाय, आत्म–सुरक्षाका तरिका र जोखिम पहिचानका सीपहरूबारे जानकारी गराएको थियो । मनोवैज्ञानिक तथा भावनात्मक स्वास्थ्यका विषयमा तनाव व्यवस्थापन, दबाब सामना गर्ने उपाय, भावनात्मक नियन्त्रण तथा सकारात्मक सोच विकास गर्ने विधिहरूका बारेमा समेत विषय सामाग्री प्रस्तुुत गरिएको थियो ।
साथै सामाजिक सञ्जालमा गोपनीयता जोगाउने उपाय, फेक–पहिचान, पहिचान गर्ने तरिका तथा साइबर धोकाधडीबाट बच्ने उपायह?का बारेमा समेत जानकारी दिईएको थियो । अनलाइन सीमा कायम गर्ने विषयमा सहभागीहरूलाई अनलाइन मित्रता वा सम्बन्धमा अपनाउनुपर्ने सुरक्षित व्यवहार, अनावश्यक व्यक्तिगत जानकारी साझेदारी गर्न नहुने, र अनलाइन सम्बन्धबाट उत्पन्न हुन सक्ने जोखिम पहिचान गर्ने तरिका राखिएको थियो ।
अभिमुखिकरण कार्यक्रममा नेपाल परिवार नियोजन संघ दाङ शाखाका शाखा प्रमुख बसन्त खनालले युवाबीच यौनिकता शिक्षाको अभावले दुव्र्यसन, कम उमेरमा विवाह, यौनजन्य संक्रमण, मानव बेचबिखन, लागूऔषध दु?पयोग तथा लैंगिक हिंसाका घटना बढिरहेको बताएका थिए। उनका अनुसार, “डिजिटल युगमा यौनिकता शिक्षा अनिवार्य बनेको छ, जसले युवालाई जीवन–कौशल, जिम्मेवार निर्णयक्षमता तथा सुरक्षित अनलाइन व्यवहार गर्न सक्षम बनाउँछ।”
महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख मोहन राना तथा प्राध्यापक शोभाकान्त अधिकारीले बृहत् यौनिकता शिक्षा युवाहरूको सामाजिक–शैक्षिक विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै, यसले जोखिम पहिचान तथा स्वस्थ निर्णय क्षमतामा युवापुस्तालाई सशक्त बनाउने जोड दिएका थिए ।
२५ बालबालिका थिए। लुम्बिनी प्रदेशमा मात्र ५०० साइबर अपराधका मुद्दा दर्ता भएका थिए भने १,२९२ आत्महत्याका घटना हरु भयको देखिन्छ त्यस्तै अनलाइन धम्की, ब्ल्याकमेल तथा डिजिटल हैरानीसँग सम्बन्धित मानसिक स्वास्थ्य चुनौतीसँग प्रत्यक्ष वा परोक्ष रूपमा जोडिएका संकेत देखिन्छन्।
सहभागीहरूले प्रविधि–सहज लैंगिक हिंसा तथा बृहत् यौनिकता शिक्षाबारे प्राप्त ज्ञानले आफूहरू झनै सचेत, जिम्मेवार र सक्षम भएको अनुभव व्यक्त गरेका थिए। आयोजक संस्थाहरूले यस्तो कार्यक्रमले विद्यालय, समुदाय र युवाबीच सुरक्षित, समावेशी र डिजिटल रूपमा जिम्मेवार वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।