• २८ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रावि क्वाडीमा महायज्ञ सञ्चालन हुँदै




घोराही । घोराही उपमहानगरपालिका– १७ क्वाडीमा रहेको श्री प्राथमिक विद्यालयमा ज्ञानमहायज्ञ सञ्चालन हुने भएको छ । विद्यालयको आयोजनमा यही मंसिर आठ गतेदेखि १५ गतेसम्म श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ हुने भएको हो । विद्यालयले बुधबार घोराहीस्थित पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलनमार्फत ज्ञानमहायज्ञको बारेमा जानकारी दिएको हो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेमन्ता पुन चौधरीले ज्ञानमहायज्ञको बारेमा जानकारी दिँदै समग्र विद्यालयको स्तरोन्नतिका लागि श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञको आयोजना गरिएको बताउनुभयो । उहाँले २०३५ सालमा स्थापना भएको विद्यालयको शैक्षिक गुणस्तरसँगै भौतिक संरचनाको विकास गर्नका लागि मंसिर आठ गतेदेखि १५ गतेसम्म महायज्ञ सञ्चालन हुने समेत बताउनुभयो ।

त्यस्तै महायज्ञका निर्देशक श्रीधर शर्मा पौडेलले मर्ज हुने स्थितिमा पुगेको सामुदायिक विद्यालयलाई निरन्तर रुपमा सञ्चालन गर्नका लागि ज्ञानमहायज्ञको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले विद्यालयको सर्वाङ्गीण साँस्कृति, शैक्षिक, नैतिक र भौतिक विकास हेतुले ज्ञानमहायज्ञ सञ्चालन गर्न लागेको बताउनुभयो । विद्यालयको शैक्षिक सुधार र भौतिक संरचना पुनस्र्थापनाका लागि अघिल्लो वर्षमा नै महायज्ञ लगाउने परिकल्पना भएतापनि विविध कारणले लगाउन नसकेको र त्यसको परिकल्ना अनुसार अहिले महायज्ञको आयोजना गरिएको उहाँको भनाइ थियो ।

त्यसैगरी घोराही उपहानगरपालिका –१७ का वडाध्यक्ष रामलौटन चौधरीले आफू निर्वाचित भएर वडामा आएलगत्तै मर्जको स्थितिमा पुगेको बताउनुभयो । उहाँले मर्ज स्थितिमा पुगेको विद्यालयलाई तत्काल विद्यालय व्यवस्थापन समितिको बैठकबाट सबैको सहयोगले अहिले विद्यालय हर्न लाएको भएको बताउनुभयो । उहाँले त्यतिबेला १२ जना रहेको विद्यालयलाई सबैको सहयोग र श्रमदानबाट विस्तारै विद्यालयको मुहार फेरिएकोमा जोड दिनुभयो । विद्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि कोषको आवश्यकता पर्ने र त्यो कोष निर्माण गर्न आर्थिक संकलनका लागि महायज्ञको आयोजना गरिएको समेत उहाँको भनाइ थियो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेमन्ता पुन चौधरीको अध्यक्षता भएको पत्रकार सम्मेलनको सञ्चालन विद्यालयका प्रधानाध्यापक खड्कबहादुर वलीले गर्नुभएको थियो ।

Facebook Comments