• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विप्लव नेतृत्वमा नेकपा (माओवादी) दल दर्ता, चुनाव चिन्ह ‘गुलाफको फूल’




काठमाडौं । विप्लव नेतृत्वको नेकपाले नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नामबाट दल दर्ता गरी चुनाव चिह्न ‘गुलाफको फूल’ पाएको छ ।दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह् लिन पार्टी महासचिव विप्लव लगायत नेताहरू बाजागाजासहित हिजो मंगरबार निर्वाचन आयोग पुगेका थिए । प्रमाणपत्र र चुनाव चिन्ह पाएसँगै आयोग परिसरभित्रै बाजागाजासहित ¥याली निकालिएको थियो ।

महासचिव विप्लवले माओवादबाट भागगदौड मच्चिरहेको बेला जनयुद्धकालीन नेकपा (माओवादी) लाई ब्युँताउनु भएको हो ।
सुरूमा नेकपा दर्ताका लागि निवेदन दिएपनि विप्लवले जनयुद्धका उपलब्धीहरुको रक्षाका लागि नेकपा ९माओवादी० नै उपयुक्त भएको ठहर गर्दै सो नाम दर्ता गराउनु भएको हो ।

अहिले माओवादी केन्द्र लगायतका घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी दर्ता गरी माओवाद नै परित्याग गरिएको बेला विप्लवले पुरानै नेकपा (माओवादी) कायम राखेर दल दर्ता गराउनु माओवादीजनमा सकरात्मक प्रभाव परेको छ । नेकपा (माओवादी) ले १०५ सदस्यीय केन्द्रीय समितिको नामावली निर्वाचन आयोगमा पेश गरेको छ ।

 

Facebook Comments