घोराही । लुम्बिनी प्रदेशस्तरीय प्रथम इन्टर स्कुल डिआइजिपी फुटबल रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि आयोजक नेपाल पुलिस स्कुलले जितेको छ ।
आइतवार भएको फाइनल खेलमा पब्लिक ज्ञानज्योति स्कुल तुलसीपुरलाई ६–१ गोलले पराजित गर्दै नेपाल पुलिस स्कुल घोराही ‘रेड’ समूहले प्रथम इन्टर स्कुल डिआइजिपी कप फुटबल रनिङ शिल्डको उपाधि हात पारेको हो ।
उपाधिसँगै नेपाल पुलिस स्कुलले नगद ८० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी प्रतियोगितामा उपबिजेता हुने पब्लिक ज्ञानज्योति स्कुल तुलसीपुरले नगद ४० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । नेपाल पुलिस स्कुल घोराहीको आयोजनामा भएको प्रतियोगिताका बिजेता खेलालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रमुख राजेन्द्र भट्ट, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कृत गरिएको थियो । कात्तिक २३ गतेदेखि घोराही उपहानगरपालिका १७ स्थित नेपाल पुलिस स्कुलको खेल मैदानमा हुने भएको प्रतियोगितामा जिल्लाभरका २३ विद्यालयका २४ वटा टिमको सहभागिता रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
