• २३ मंसिर २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
किताब लेख्नको लागि गुण्डुमै बस्न ओलीको आग्रह




काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले भक्तपुरको गुण्डु क्षेत्र अति नै रमणीय वातावरणीय हिसाबले पनि उत्कृष्ट, यहाँबाट विभिन्न हिमालहरु देखिने भएका कारण किताबहरू लेख्न, कविता लेख्नका लागि गुण्डुमा बस्न आग्रह गर्नुभयो ।

प्रेस चौतारी नेपालको अगुवाइमा आइतबार गुण्डुमा ओलीलाई भेट्न गएको समयमा उहाँले यस्तो बताउनु भएको हो । गुण्डु क्षेत्र सबैले सोचेभन्दा पनि राम्रो भएका कारण यहाँ बसेर नयाँ कविता, नयाँ किताबहरु लेख्न सकिने र त्यसको लागि आफूले खान बस्नको समेत व्यवस्था गरिदिने बताउनुभयो ।

प्रेस चौतारीका निवर्तमान उपाध्यक्ष समेत रहनुभएका उपन्यासकार सबिन प्रियासनले आफूले प्रकाशन गरेको कडी र कालो मन उपन्यास र मङ्सिर महिनामा प्रकाशन गर्न लागिरहेको नयाँ लुगा उपन्यासको पाण्डुलिपि दिएपछि उक्त पुस्तकहरु हेर्दै पूर्व प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उपन्यासकार प्रियासन नेपाल पत्रकार महासङ्घको केन्द्रीय सचिव हुनुहुन्छ भने उहाँ नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नुभएका उपन्यासकार हुनुहुन्छ। सो अवसरमा प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेतलगायतको पत्रकारहरूको टोली सहभागी भएको थियो।

Facebook Comments