• २६ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मृगौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण




श्रवण कुमार यादव
लमही, २५ कार्तिक । अवस्था जति कठिन भएपनि हामी मिलेर साना–साना सहयोगका माध्यमबाट ठूलो मानवीय कार्य गर्न सक्छौं। सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलताको उदाहरणका रूपमा लमही-८ मा मृगौला रोगीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

विदेशमा रहेका नेपालीहरूबीच पनि सहयोगको लहर फैलिएको छ। देशभित्र समस्या परेकालाई परदेशी नेपालीले कहिल्यै भुल्दैनन्। लमही नगरपालिका ८ विजुलीपुर निवासी ३५ वर्षीय मृगौला रोग पीडित गिता चाैधरीलाई उपचार गर्न आर्थिक सहयोग जुटेको छ।

राेजगारीकाे लागि मलेशियामा रहेका नेपालीहरूले पठाएको १ लाख ३१ हजार ९ सय १६ रुपैयाँ सहयोग मंगलबार चाैधरीलाई स्थानीय समाजसेवी पृथ्वी चाैधरीले हस्तान्तरण गर्नु भएको हाे।

लमही नगरपालिका वडा नम्बर ८ विजुलीपुर निवासी हाल राेजगारीकाे सिलसिलामा मलेशियामा रहनु भएका कमल चाैधरीले स्थानीय पृथ्वी चाैधरी, रविन्द्र खत्रीकाे नाम मृगौला पिडित चाैधरीलाई उलपब्ध गराउन सहयोग रकम पठाउनु भएको थियोे।

आर्थिक अवस्था कमजोर भएका चाैधरीको उपचारमा समस्या भएको छ । मृगौला प्रत्यारोपणका लागि १० देखि १५ लाख चाहिने भए पनि पैसा नहुँदा प्रत्यारोपण गर्न सकिएको छैन।

नेपालकाे विभिन्न अस्पतालमा यतिबेला डायलेसिस गराइरहनु भएको चाैधरीलाई यतिबेला आर्थिक अभावका कारण उपचारका लागी निकै कठिन परिरहेको छ । यहि खबर पाउनासाथ यो टिमले उक्त बिरामीको सहयोगका लागी हात अघि बढाएको मलेशिया निवासी कमल चाैधरीले बताउनुभयो।

मृगौला रोगिहरु बढ्दो क्रममा रहेको र त्यस्ता बिरामी हरुलाई आफ्नो संस्थाबाट सकेको सहयोग गदै आएको समाजसेवी चाैधरीले बताउनुभयाे । चाैधरीकै पहलमा गत बर्ष लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी एक मृगौला पिडितलाई पनि आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरिएको हाे।

मृगौला पिडित चाैधरीलाई मंगलबार एक अनाैपचारिक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हाे । कार्यक्रमकाे सहजिकरण पत्रकार शिवु खनालले गर्नु भएको थियोे।

Facebook Comments