• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
छैठौं बंगलाचुली कप प्रतियोगिता हुने




बंगलाचुली । दाङको बंगलाचुलीमा छैठौं बंगलाचुली कप खेलकूद प्रतियोगिता सञ्चालन हुने भएको छ । बंगलाचुली गाउँपालिकाको आयोजनामा आगामी मंसिर सात गतेदेखि प्रतियोगिता सञ्चालन हुने भएको हो ।

बंगलाचुली गाउँपालिकाका शिक्षा अधिकृत ओम प्रकाश केसीले सोमबार एक सूचना जारी गर्दै गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम अनुसार पालिकाको आयोजनामा छैठौं बंगलाचुली कप मंसिर सात र आठ गते दुई दिनसम्म सञ्चालन हुने जानकारी दिनुभएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न विधाका खेलहरु हुने भएका छन् । प्रतियोगितामा भलिबलतर्फ पुरुष तथा महिला दुबै खेलहरु हुनेछन् भने क्रिकेटतर्फ पुरुष खेल मात्र हुनेभएको छ ।

प्रतियोगितामा पालिकाभित्रका आठ वटै वडाहरुबाट एक समूह पर्नेगरी सहभागी पठाइदिनका लागि अनुरोध गरिएको छ । प्रतियोगितामा सहभागी हुनका लागि आगामी मंसिर चार गते दिउँसो एक बजे समूह दर्ता गरिसक्नुपर्ने र मंसिर पाँच गते दिउँसो टाइ सिट प्रकाशन गरिने भएको छ । बंगालचुली–४ मा रहेको गढीलेख खेल मैदान खेलकूद प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगिताका लागि प्रत्येक वडाबाट प्रत्येक विधामा एक टिम मात्र सहभागी हुन पाउने, बंगलाचुली गाउँपालिका अन्तर्गतका वडाहरुबीच प्रतिस्पर्धा हुने, खेल सञ्चालन मंसिर सात गते बिहान आठ बजेदेखि हुने र सम्बन्धित खेलाडीहरु सो समय अगाबै खेल हुने स्थानमा उपस्थित हुनेगरी आफ्नो व्यवस्थापन गर्नुपर्ने र सम्बन्धित वडाको नागरिक हुनुपर्ने छ ।

त्यस्तै खेलाडीहरुको नामसहितको वडाको सिफारिस र सम्बन्धित नगारिक खुल्ने कागजात टिम दर्ता हुनुपर्ने छ । प्रतियोगितामा भलिबलतर्फ प्रथम, द्वितीय, तृतीय हुने खेलाडीहरुले क्रमशः २६ हजार, १६ हजार र नौ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै क्रिकेटतर्फ विजेता र उपविजेता हुने टिमले क्रमशः ३० हजार र १८ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।May be an image of ticket stub and text

 

Facebook Comments