• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
समाज विकास सञ्जालको एघारौं वार्षिक साधारणसभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न




मधुसूदन गिरी
कमिरेचौर । दाङको बंगलाचुलीमा रहेको समाज विकास सञ्जालको एघारौं वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ । सञ्जालको आयोजनामा भएको उक्त कार्यक्रम शनिबार कमिरेचौरमा भएको हो ।

सञ्जालका अध्यक्ष शशिराम गिरीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनको प्रमुख आतिथ्यता एवं गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनले बंगलाचुली गाउँपालिकाको विकासको लागि समाज विकास सञ्जालले समाजमा स्थानीय सरकार र विभिन्न संघ संस्थासँगको समन्वयमा काम गरिरहेको बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष पुनले गाउँपालिकाले सञ्जालसँगको बजेटको वर्षेनी आकार बढाउदै लगेको बताउनुभयो । समाजमा बालविवाहको समस्या व्याप्त रहेकोले यसको न्यूनिकरण गर्न समाज विकास सञ्जालसँग सहकार्य गरिने उहाँले बताउनुभयो । अध्यक्ष पुनले समुदायमा संस्थाले खानेपानी, सरसफाइ, कृषि तथा पशुपालन, जलबायु अनुकुलन सचेतना वृद्धि जस्ता थुप्रै महत्वपूयर्ण काम गरेकोमा प्रशंसा समेत गर्नुभयो । फरक प्रसँगमा युवाहरुलाई स्वरोजगार बनाउन गाउँपालिकाले विभिन्न सीपमुलक तालिमको आयोजना गर्ने गरेको अध्यक्ष पुनले बताउनुभयो।
कार्यक्रममा बोल्दै बंगलाभुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले गाउँपालिकाले गरेको हरेक कामको वकालत समाज विकास सञ्जालले गर्नुपर्ने बताउनुभयो । साथै उहाँले सो संस्थाले सञ्जालले बंगलाचुली बासीको खुसीको लागि गर्ने हरेक कामको गाउँपालिकाले हरेक काममा साथ दिने उहाँले बताउनुभयो ।

पालिकाभित्र रहेका सीमान्तकृत समुदायका मानिसहरुको सीप क्षमता विकास गर्ने र स्थानीय स्रोत साधन परिचालनमा संस्थाले विशेष जोड दिएको उल्लेख गर्नुभयो । साथै उहाँले आगामी योजना सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
त्यसैगरी बंगलाचुली गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष शोभाराज विश्वकर्माले ११ बर्षको अवधिमा समाज विकास सञ्जालले समाजमा गरेका महत्वपूर्ण कार्यक्रमहरुको प्रशंसा गर्नुभयो । स्थापना कालदेखि नै सञ्जालले गाउँ गाउँमा आर्थिक साथै मानवीय विकासमा विभिन्न काम गर्दै आएको बताउनुभयो ।

 

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका समाज विकास सञ्जालका व्यवस्थापक बासुदेव भण्डारीले प्रस्तुत गर्नुभएको थियो । यस्तै आर्थिक प्रतिवेदन समाज विकास सञ्जालका पूर्व अध्यक्ष भिमबहादुर रानाले प्रस्तुत गर्नुभएको थियो, भने संस्थाका अध्यक्ष शसिराम गिरीले आगामी योजनाहरु प्रस्तुत गर्नुभएको थियो भने  सामाजिक लेखा परिक्षण प्रतिवेदन रेडियो बंगलाचुलीका पत्रकार मधुसूदन गिरीले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष इन्द्रमणि वली, दक्षिण देउखुरी अधिकार मञ्च गढवाका अध्यक्ष देवराज कवँर लगायतले मन्तव्य राख्नुभएको थियो ।

यसैबीच समाज विकास सञ्जालले ११ औं वार्षिक साधारणसभाको अवसरमा शारीरिक रुपमा अशक्त रहनुभएका दुई जनालाई आर्थिक सहयोग गरेको छ । बागिविकास समूहका सदस्य राधा डाँगी र हिमाली समूहका सदस्य राजकुमार विकलाई नगद २० हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । पुरस्कृत हुनेलाई संस्थाका अध्यक्ष शशिराम गिरी र प्रमुख अतिथि बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनले चेक हस्तान्तरण गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष देवा देवि पौडेलको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सामुदायिक प्रशिक्षक पवित्रा रिजालले गर्नुभएको थियो ।

Facebook Comments