• २२ कार्तिक २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपाको देशव्यापी संघर्ष कार्यक्रम: दाङमा आज साँझ मसाल जुलुस प्रदर्शन हुँदै




दाङ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङले आज साँझ जिल्लाभरी एकसाथ मसाल जुलुस प्रदर्शन गर्ने तयारी पूरा गरेको जनाएको छ। पार्टी केन्द्रीय समितिको विशेष बैठकले घोषणा गरेका संघर्षका कार्यक्रमअन्तर्गत यो जुलुस गर्न लागिएको हो।

नेकपाका अनुसार जिल्लाका सबै गाउँपालिका, नगरपालिका र वडामा आज साँझ एकैसाथ मसाल जुलुस निकालिनेछ। पार्टीका स्थानीय समितिहरूले हरेक बस्ती र टोलमा जनसहभागिता सुनिश्चित गर्न तीव्र तयारी थालेका छन्।

नेकपाले यसअघि वर्तमान शुसिला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठनका लागि नै संघर्षका चरणबद्ध कार्यक्रम घोषणा गरेको थियो। जस अनुसार कार्तिक १३ गते देशभर भित्तेलेखनमार्फत राजनीतिक सन्देश प्रसारण, कार्तिक १५ गते देशव्यापी मसाल जुलुस प्रदर्शन, कार्तिक १७ गते कोणसभा तथा विरोध प्रदर्शन, र कार्तिक २० गते काठमाडौंमा बृहत् जनसभा गरी शक्ति प्रदर्शन गर्ने योजना रहेको छ।

Facebook Comments