• २२ कार्तिक २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानमा २ सय ७७ बढी बिरामीको मृगौला पत्थरीको सफल अप्रेसन




दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसँगै सेवा पनि प्रभाबकारी बन्दै गएको छ । प्रतिष्ठानका युरोलोजिष्ट सर्जन डा. सुशिल खनियाँको नेतृत्वमा चिकित्सकहरु डा. विवेक थापा, डा. पङ्कज नेपालिसहीत नर्श र स्वास्थ्य कर्मिहरुको टोलिले सानादेखी ठुला अप्रेसनहरु धमाधम गरीरहेको छ । प्रतिष्ठानले दिएको जानकारी अनुसार युरोलोजिको ओपिडिबाट दैनिक ७० भन्दा बढि विरामीहरुले परामर्शसहितको स्वास्थ्य सेवा लिएका छन् । गएको जेठदेखी असोज मसान्तसम्म २ सय ७७ जना विरामीले युरोलोजी सेवा लिएका हुन ।

युरोलोजि सेवा जिल्लामा नहुदा बिरामीहरु सामान्यदेखि बिशिस्टकृत सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता यसअघि भएपनि प्रतिष्ठानमा अत्याधुनिक उपरकणसहीतको उक्त सेवा बिस्तार भएपछि अहिले त्यो समस्याको समाधान भएको छ । युरोलोजिष्ट सर्जन डा. खनियाका अनुसार १ सय ५७ जना मिर्गौलामा भएको पत्थरीका बिरामीको गम्भिर प्रकृतिको अप्रेसन भएको छ भने मध्यम खालको २२ जना र ९९ जना विरामीको सामान्य अप्रेसन गरिएको छ ।

युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गौलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिने लगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्नसक्ने डा. खनियाले बताए । अस्पतालमा युरोलोजि सेवा लिनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको उनले बताए । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्राडा जनार्दन पन्थिले युरोलोजी सेवा अहिले धेरै नै प्रभाबकारी भएको जनाउँदै स्थानीयस्तरमै सहजरुपमा विशेषज्ञ सेवा प्राप्त गर्न पाउँदा बिरामिहरुले खुसी ब्यक्त गर्ने गरेको बताए ।

खनिया राप्ती प्रादेशीक अस्पतालमा धेरै समयदेखी युरोलोजि सेवा दिएका थिए । उनि लामो समयदेखि युरोलोजी सेवा दिएको अनुभवी चिकित्सक हुन् ।

Facebook Comments