घोराही । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले लोकतन्त्रमा राजनीतिक दल भनेका जनताका आवाज उठाउने शक्तिहरु भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाले बिहीबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा नेपालका राजनीतिक दलहरुका कार्यालय र नेतृत्वमाथि भएको आक्रमणका बारेमा बोल्दै राजनीतिक दलहरुमाथिको प्रहार भनेको लोकतन्त्रमाथिको प्रहार भएको धारणा राख्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पार्टी महासचिव शंकर पोख्रेलले राजनीतिक दलले राज्य शक्तिको प्रयोग नगर्ने र उनीहरुले सदैव जनताको आवाजको प्रतिनिधित्व गर्ने बताउनुभयो । उहाँले जनताले नै विश्वास गरेका जनप्रनिधिहरुले शासनमा भूमिका खेल्ने गरेको कुरामा जोड दिनुभयो । “राजनीतिक दलको काम भनेको त सदैव जनताको विश्वास जित्ने र जनताको प्रतिनिधित्व गर्ने हो” उहाँले भन्नुभयो “लोकतन्त्रमा राजनीतिक दल भनेका जनताका आवाज उठाउने शक्तिहरु हुन् । राजनीतिक दलहरुमाथिको प्रहार भनेको लोकतन्त्रमाथिको प्रहार हो, भन्ने कुरा बुझ्नुपर्दछ । यो सामान्य कुरा हो । अहिले गत भदौ २३ र २४ गतेको घटनालाई कतिपय मासिनले सामान्य रुपमा चिन्त्रण गर्न खोजेको देखिन्छ । ”
महासचिव पोख्रेलले नवयुवाहरुको आकांक्षा जसलाई राज्यले सम्बोधन गर्नुपर्छ र समाजले त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । “किनकी जेनजी भनेको एकप्रकारको उमेर समूह भएको र उमेर समूह आफैमा कुनै एउटा संगठित संस्था होइन् ” उहाँले भन्नुभयो “नेपाली समाजमा जबरजस्त रुपमा त्यसलाई संगठित संस्थाको स्वरुप दिने प्रयत्न भएको छ । त्यो चाहीँ यथार्थ रुपमा उमेर समूह आफैमा कुनै संगठन हुन सक्दैन् । त्यो विभिन्न विचार धारामा प्रभावित रुपमा त्यो उमेर समूह विभक्त हुन्छ नै । त्यस अर्थमा हामी सबै सचेत हुनुपर्दछ ।” नयाँ पस्तालाई हरेक राजनीतिक दलले उनीहरुको भावनको सम्बोधन गरीकन आफ्नो विचारमा संगठित गर्नुनै आजको आवश्यकता भएको र त्यसलाई एउटा अलग राजनीति शक्तिको रुपमा उभ्याउनु भनेको अराजनीतिक प्रयत्न हुने उहाँको जोड थियो । हरेका राजनीतिक दलले यो नयाँ पुस्तालाई मूलधारको राजनीतिमा जोड्ने कुरामा भूमिका खेल्नुपर्ने र त्यसलाई अलग्गै एउटा शक्तिको रुपमा उभ्याउने प्रयत्न गरेमा जसले मुलुकलाई दीर्घकालसम्म हानी पु¥याउने उहाँको भनाइ थियो ।
गत भदौ २३ र २४ गतेको आन्दोलनको एउटा स्टेकहोल्डर रुपमा गैरसरकारी संस्थालाई खडा गर्ने कुरा चाहीँ नेपालको संविधान, कानुन विपरित कुरा भएको महासचिव शंकर पोख्रेलले बताउनुभयो । उहाँले हामी नेपाल भन्ने एउटा संस्थालाई आन्दोलनको स्टेकहोल्डर बनाएर उनीहरुको नाममा सरकार गठन गर्ने कोसिस भएकोमा जोड दिनुभयो । हाम्रो कानुनले गैरसरकारी संस्थालाई राजनीतिक आन्दोलनको स्टेकहोल्डर मान्न नसक्ने भन्दै यस्ता गलत प्रवृत्तिहरुको सिकार राज्य बन्न नहुने उहाँले बताउनुभयो ।
प्रतिनिधिसभा पुनस्र्थापना कि निर्वाचन भन्ने विषयमा स्वभाविक रुपमा प्रतिनिधिसभा विघटन संविधान सम्बत छैन् भन्ने कुरा सर्वाेच्च अदालनका विगतका नजीरहरुले पुष्टि गरेको महासचिव पोख्रेलले बताउनुभयो । उहाँले सर्वाेच्च अदालतलाई हामीले संविधानको अन्तिम व्याख्याता भनेका छौं र अन्तिम व्यख्याताले गर्ने फैसला र त्यसका नजीरहरु चाहीँ कानून सरह नै हुने उहाँले बताउनुभएको थियो । अहिले सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनका सन्दर्भमा र स्वयम सरकार निर्माणको सन्दर्भका बारेमा मुद्धा परेर छलफल सुरु भएको उहाँले बताउनुभयो । “जब चुनाव हुन्छ की हुदैँन् भन्ने कुरा ठेगानै छैन्” उहाँले भन्नुभयो “अर्काेतिर प्रतिनिधिसभा विघटनकै सन्दर्भमा अदालतमा मुद्धा चलिरहेको छ र बहस भइरहको छ । यस्तो अवस्थामा चुनावको विषय चाहीँ गौन भयो । मुख्य विषय सर्वाेच्च अदालतको फैसला के हुन्छ । हाम्रो पार्टी सर्वाेच्च अदालतको फैसलालाई मानेर त्यसपछि फैसलाका आधारमा निर्णय गर्दछौं । र, पुनस्र्थापना भयो भने पनि हामी पुनस्र्थापित संसद्को माध्यमबाट जेनजी युवाहरुको मागलाई सम्बोधन गरीकन र सबै राजनीतिक दलहरुको सहमति हुन्छ भने अर्लि इलेक्सनका पक्षमा पनि जान सक्दछौं । हामी चुनावबाट भाग्ने पार्टी होइनौं । किनकी जनताको रोजाइमा पहिलो पार्टी चुनावबाट भाग्दैन् । तर, चुनाव हुने परिस्थिति हुन प¥यो नि । ”
चुनाव हुनका लागि सबैभन्दा पहिले महत्वपूर्ण आधार भनेकै शान्ति, सुरक्षाको प्रत्याभूति हुनुपर्ने भन्दै जनताले सहज ढंगले मतदान केन्द्रमा जानसक्ने वातावरण र राजनीतिक दलका गतिविधिहरु निर्वाद ढंगले संचालन हुने स्थिति बन्नुपर्ने उहाँले बताउनुभयो । गत भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनमा १०/१५ हजारको भिडलाई व्यवस्थापन गर्न नसक्ने नेपाल प्रहरी होर भन्ने कुरामा जोडदिँदै महासचिव पोख्रेले नेपाल प्रहरीले विगतमा लाखौंको भिडलाई व्यवस्थापन गर्ने क्षमता राखेको बताउनुभयो । उहाँले विगतमा लाखौंका जुलुमा पनि बल प्रयोग गर्दा मुस्किलले एकदुई वटा मानवीय क्षति हुने गरेको तर जेनजीको आन्दोलनमा भएको मानवीय क्षतिलाई हेर्दा नेपाल प्रहरीको भिड व्यवस्थापन अभ्यास नमिले उल्लेख गर्नुभएको थियो । पहिले २००७, २०४७ र २०६२/२०६३ जनआन्दोलनमा नभएको क्षति अहिलेको गत भदौ २४ गते भएको एकदिनको आन्दोलनमा १० गुणा बढी क्षति भएको उहाँको भनाइ थियो ।
प्रेस चौतारी दाङ शाखाका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता एवं नेकपा एमालेका महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा पार्टीका नेताकार्यकर्ता, पत्रकारलगायतको उपस्थिति रहेको थियो । संगठनका उपाध्यक्ष विमल योगीको स्वागत मन्तव्यबाट सुरुभएको पत्रकार सम्मेलनको सहजीकरण संगठनका सचिव निमुसंगम घर्तीले गर्नुभएको थियो ।

रेउले सिस्ने अनलाइनका प्रबन्ध सम्पादक हुनुहुन्छ ।
