दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा जेनजी आन्दोलनमा घाइते भएकाहरुका लागि मनो सामाजिक परामर्श सेवा बुधबारबाट सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार प्रतिष्ठानले सेवा शुभारम्भ गरेको छ ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थिले जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई उचित मनो सामाजिक परामर्श दिन छुट्टै क्लिनिक सुरु गरेको हो ।
जेनजी आन्दोलनमा घाइते भएकाहरुका लागि मनोसामाजिक परामर्श सेवा प्रदान गर्न प्रतिष्ठानको शिक्षण अस्पतालका मानसिक रोग विभागका प्रमुख डा. सरोज उप्रेतीको संयोजकत्वमा विशेषज्ञ चिकित्सकसहितको सेवा सुरुवात गरिएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए ।
जसको सदस्यहरुमा मनोचिकित्सक डा. नितु बस्नेत ,एमडिजिपी इमेरजेन्सी विभागका डा. अमृत राज सुवेदी, मनोसामाजिक परामर्शदाता मिना डिसी रहेको अस्पताल प्रशासनले जनाएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
