• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा भोलि भ्याट्रन कप हुदै




घोराही। भ्याली जुनियर क्रिकेट एकेडेमी, घोराही–१५ भरतपुरद्वारा “भ्याट्रन कप २०८२” आयोजना गरिने भएको छ। “हाम्रा विगतका नायकहरूलाई सम्मान गर्दै” भन्ने नारासहित आयोजना हुन लागेको यो प्रतियोगिताको उद्देश्य नेपाली क्रिकेटमा योगदान पुर्‍याएका पूर्व खेलाडी तथा खेलकर्मीहरूलाई सम्मान गर्नुका साथै नयाँ पुस्तालाई खेलप्रति प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका संयोजक केशव शर्माका अनुसार “सायद उहाँहरूको योगदानलाई जति सम्मान दिए पनि पुग्दैन होला, तर पनि उहाँहरू सबैलाई समेट्ने हाम्रो एउटा सानो प्रयासलाई स्वीकार गर्दै सल्लाह, सुझाव र साथ दिनुहुनेछ भन्ने आशा राखेका छौं।”

प्रतियोगिता मिति २०८२ साल कार्तिक ४ गते (शनिवार) बिहान ७ बजे, गुलरिया क्रिकेट मैदानमा सुरु हुने भएको छ। यस प्रतियोगितामा ३५ वर्ष माथिका खेलाडीहरू मात्र सहभागी हुनेछन्। सहभागी टिमहरूमा भ्याली जुनियर, यूएनबीसी, तुलसीपुर, पुरनधारा, लमही, साथै शिक्षक संघ र फार्मेसी संघका टिमहरू रहनेछन्।

भ्याली जुनियर क्रिकेट एकेडेमीले विगतदेखि नै क्रिकेट प्रशिक्षण, प्रतियोगिता सञ्चालन र खेलकुद विकासमा निरन्तर योगदान दिँदै आएको छ।

Facebook Comments