दाङ । प्रहरीले घोराहीमा १३ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई नगद ४ लाख रकम सहित पक्राउ गरिएको हो ।
आईतवार राति घोराही उपमहानगरपालिका वडा नं .१५ काठेकोहल स्थित रहेको होटल टी थ्रीमा जुवा खेलिरहेको सुचनाको आधारमा पुगेको प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको हो । होटलको कोठा नम्ब्र १०८ मा जुवा खेलिरहेका घोराही उपमहानगरपालिका वडा नं १८ का वडाअध्यक्ष भरतमणी अर्याल सहित ९ जनालाई नगद ३ लाख ४५ हजार ९ सय १५ रुपैया सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अर्याल सहित घोराही उपमहानगरपालिका वडा नं.१८ का ४५ बर्षिय कृष्ण बहादुर घर्ती पनि पक्राउ परेका छन् । उनी घोराही १८ का पूर्व वडा सदस्य हुन् । घोराही १४ बस्ने बर्ष ६४ को नारायण प्रसाद अधिकारी, घोराही .१८ बस्ने बर्ष ४१ को माधव भण्डारी, घोराही १७ बस्ने बर्ष ३७ को बिक्रम के.सी, घोराही १८ बस्ने बर्ष ४६ को लंक बहादुर बुढा, घोराही १८ बस्ते बर्ष १८ को सागर बुढा, तुलसीपुर उ.म.न.पा. वडा नं.१२ बस्ने बर्ष ३२ को प्रबिन रावत र राप्ती गा.पा. वडा नं.२ पाखापानी बस्ने बर्ष ३० को तेज प्रसाद आचार्यलाई पक्राउ गरिएको हो ।
यस्तै घोराही उपमहानगरपालिका वडा नं.१५ काठेकोहल स्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नगद ६० हजार ६ सय ४० रुपैया सहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं.१८ रझेना बस्ने बर्ष ३० को अनुप कशौधन, घोराही.१५ काठेकोहल बस्ने बर्ष ४१ को ज्ञानेन्द्र रिजाल, घोराही १५ काठेकोहल कै बर्ष ३४ क एकराज खत्री र घोराही १४ बस्ने बर्ष ३२ को सोहेलमान मनसुरी रहेका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
