• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विपिन जोशी जीवित रहेनन, शव हस्तान्तरणको तयारी




हमासको बन्धक बनेका नेपाली युवा विपिन जोशी जीवित नहरेको हमासले पुष्टि गरेको छ।
इजरायली सेनाको भनाइअनुसार रातो क्रसका गाडीहरूको काफिला अहिले गाजाको दक्षिणी भागतर्फ हामासबाट विपिनसहित चार बन्धकका शव लिन जाँदैछ।
रातो क्रसले तिनीहरूको कफिन गाजाभित्र रहेका इजरायली सैनिकहरूसम्म पुर्‍याउनेछ, जहाँ सैन्य रब्बीको नेतृत्वमा सानो श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ।
सैन्य स्रोतका अनुसार सुरक्षाका कारण ती कफिनहरूलाई बिस्फोटक विशेषज्ञहरूले पनि जाँच गर्नेछन्।

नागरिक बन्धकहरूको शव अबु कबीर फोरेन्सिक संस्थानमा पहिचानका लागि लगिनेछ भने मारिएका सैनिकहरूको शव इजरायली सेनाको शुरा क्याम्पमा लैजाने तयारी गरिएको छ।
अधिकारीहरूले जनाएअनुसार पहिचान प्रक्रिया पूरा हुन दुई दिनसम्म लाग्न सक्छ।
?
हामासले केही समयअघि गाइ इलोज, योस्सी शाराबी, बिपिन जोशी र इजरायली सेनाका कप्तान ड्यानियल पेरेजका शव आज फिर्ता गर्ने जनाएको छ।
स्रोत: द टाइम्स अफ इजरायल

Facebook Comments