दाङ । बंगलाचुली गाउँपालिका–३ नम्बर वडाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार टोल स्तरीय भलिबल खेल प्रतियोगिता आयोजना हुने भएको छ ।
वडा कार्यालयले सूचना जारी गर्दै आगामी असोज ३० र ३१ गते प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगितामा वडा भित्रका पुरुष र महिला दुवै समूहका टोलीहरूले सहभागिता जनाउन सक्नेछन् ।
खेलकुदको माध्यमबाट युवामा अनुशासन, एकता र नेतृत्व क्षमताको विकास गर्दै वडा भित्र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको वडा कार्यालयले जनाएको छ ।
विजेता टोलीले रु. १३,०००, उपविजेता टोलीले रु. ८,०००, र तेस्रो स्थान हासिल गर्ने टोलीले रु. ५,००० प्राप्त गर्नेछन् । उक्त पुरस्कार रकममा २५ प्रतिशत कर कट्टी गरिने वडा कार्यालयले स्पष्ट पारेको छ ।
वडा अध्यक्ष शोभाबहादुर विश्वकर्माका अनुसार प्रतियोगितामा सहभागी टोलीले असोज २९ गतेभित्र दर्ता गर्नुपर्नेछ । खेल लिग प्रणालीमा सञ्चालन गरिनेछ र प्रतियोगिताबाट वडा भित्रका युवामा खेलप्रतिको उत्साह बढ्ने विश्वास व्यक्त गरिएको छ ।
साथै कार्तिक १३ र १४ गते टोल स्तरीय क्रीकेट प्रतियोगिता हुने अध्यक्ष विश्वकर्माकाले जानकारी दिनु भयो।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
