• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सरकारी सवारी होइन, आफ्नै स्कुटरमा जनसेवा गर्दै राप्तीका अध्यक्ष विष्ट




दाङ, २१ असोज। स्थानीय तहका प्रमुखहरू प्रायः सरकारी सवारी साधनमै आवतजावत गर्ने गर्छन्। तर दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट भने पछिल्लो समय यस चलन तोड्दै आफ्नै विद्युतीय स्कुटरमा गाउँपालिकाभित्रका सबै कार्यसम्पादन र जनसम्पर्कका गतिविधिहरू गर्दै आउनुभएको छ।

गाउँपालिका बाहिरका लामो दूरीका यात्राबाहेक, पालिकाभित्रका बैठक, निरीक्षण, कार्यालयीय काम तथा जनभेटघाटजस्ता सबै गतिविधिमा उहाँ विद्युतीय स्कुटरमै पुग्ने गर्नुभएको छ। उहाँको यो कार्यशैलीले सादगी, मितव्ययिता र वातावरणमैत्री सोच बोकेको नेतृत्वको परिचय दिन थालेको छ।

अध्यक्ष विष्टका अनुसार आर्थिक मितव्ययिता कायम गर्न, जनताको करको सम्मान गर्न र वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन गर्न उहाँले विद्युतीय स्कुटर प्रयोग गर्न थाल्नुभएको हो।
“पद ठूलो भएर होइन, सोच ठूलो भएर नेतृत्व महान् हुन्छ,” उहाँले भन्नुभयो, “जनताको करको सम्मान, वातावरणको सुरक्षा र सादगीपूर्ण जीवनशैली नै नयाँ युगको नेतृत्वको मार्ग हो। जनप्रतिनिधि देखावटी होइन, उदाहरणीय हुनुपर्छ। सानो प्रयासले पनि ठूलो परिवर्तनको सुरुवात गर्न सकिन्छ।”

राप्ती गाउँपालिकाको अध्यक्षको यस्तो पहलले गाउँभित्रका अन्य जनप्रतिनिधि र कर्मचारीहरूलाई ऊर्जा-संवेदनशील, जिम्मेवार र व्यवहारिक नेतृत्वतर्फ प्रेरित गरेको स्थानीयवासीहरू बताउँछन्।

स्थानीय तहका कार्यालयहरूमा खर्चिलो सवारी साधन र विलासी जीवनशैली देखिँदै आएको अवस्थामा अध्यक्ष विष्टको विद्युतीय स्कुटर यात्रा एउटा सकारात्मक सन्देश बनेको छ। उहाँको यो कार्यले नेतृत्व पद होइन, जीवनशैली र सोचको उदाहरण हो भन्ने कुरा थप स्पष्ट पारेको छ।

Facebook Comments