• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सिस्ने ४ दादिङमा दोस्रो वडा कप हुने




रुकुम पूर्व। रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ दादिङमा दोस्रो वडा कप हुने भएको छ । विजया दशमीको अवसरमा ४ नम्बर वडा कार्यालयको समन्वय तथा दोस्रो वडा कप सञ्चालक समितिको आयोजनामा यहि असोज १८ गतेदेखी विविध खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुन लागेका छन् ।

वडा कप अन्तर्गत खुला शुद्ध वडा स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोतिको बिजेताले नगद एक लाख एक हजार एक सय ११ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र गर्नेछ । दोस्रो हुने टिमले नगद ७१ हजार एक सय ११ रुपैयाँ तथा तेस्रो हुने टिमले नगद ४१ हजार एक सय ११ रुपैयाँको साथममा मेडल र प्रमाण पत्र प्राप्त गर्ने वडा कप सञ्चालक समितिले जानकारी दिएको छ ।

आयोजकका अनुसार सान्त्वना हुने टिमले नगद १५ हजार एक सय ११ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । महिला भलिबल प्रतियोगिता तर्फ प्रथम हुने टिमले नगद ३१ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाउँदा, दोस्रो हुने टिमले नगद २१ हजार एक सय ११ र तेस्रो हुने टिमले नगद ११ हजार एक सय ११ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्दा गर्ने सान्त्वना हुने हुने टिमले नगद तीन हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक शुरेश घर्तीले जानकारी दिनुभयो ।

खेल संयोजक घर्तीका अनुसार खुला वडा स्तरीय पुरुष बिच भलिबल, खुला वडा स्तरीय १६ वर्ष मुनिका किशोरहरुको भलिबल तथा ४ नम्बर वडा भित्रको ३५ वर्ष उमेर माथीको पुरुषहरु भलिबल प्रतियोगिता संचालन गरिनेछ। त्यसै खुला महिला पुरुष रस्साकस्सी, भाले तान्ने, घैटो फोर प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम संचालन गरिनेछ। प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा स्थान प्राप्त गर्ने सबैलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

Facebook Comments