• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु




दाङ। दाङको तुलसीपुरमा  सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर १४ गोठुवाका अन्दाजी ६५ वर्षिय सन्तु चौधरी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बिहीबार साँझ साढे ७ वजेको समयमा चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा तुलसीपुर १२ हरिपौरामा फेला परेका थिए।

अचेत अवस्थामा भेटिएका चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो। गम्भीर अवस्थामा भेटिएका चौधरीको हिजो साँझ नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलले ठक्कर दिएको हुन सक्ने अनुमान गरिएको छ।

घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान गर्दा मोटरसाइकलको लेखगार्ड घस्रिएको जस्तो देखिएको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। सवारीसाधन र चालक फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयो।

Facebook Comments