• २८ पुष २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाइजो प्रथा (लघु कथा)




तराई मधेशतिर एउटा  गाउँ रहेको छ। त्यो गाउँका मान्छेहरू अहिले पनि पुरातनवादी विचारधाराको रहेका छन्। शिक्षाको पहुँच हुँदाहुँदै पनि त्यहाँका बालबालिकाहरू ७-८ सम्म मात्रै पढेर विदेशतिर गइहाल्छन्। केही धनाढ्य व्यक्तिहरु पनि त्यहिँ गाउँमा बस्छन् । तिनीहरूको विवाहमा दाइजो लिनेदिने काम खुब भैरहेको छ । जसको प्रत्यक्ष प्रभाव गरिबहरुमाथि परेको छ। कोही कोही त आफ्नो छोरीको विवाहमा दाइजो दिन नसकेर उमेर भएका छोरीहरू पनि घरमै बस्न बाध्य भएका छन्। कोही कोही त जसोतसो व्यवस्था गरेर दाइजो दिई छोरीहरूको विवाह गरेका छन् तर पनि ससुरालीबाट यो दिएनन त्यो दिएनन भनी गुनासो आइरहेको हुन्छ। ससुरालीमा बुहारीलाई गालीगलौज गर्ने, कुटपिट गर्ने, ताना दिने, ज्यानै लिने काम भैरहेको हुन्छ।

‎मानौकि दाइजो प्रथाले जरै गाडेर बसेको छ। त्यसपछि त्यो गाउँबाट एक जना युवा पढ्नको लागि सहरतिर जान्छन्। उच्च शिक्षा हासिल गरी गाउँतिर फर्कन्छन्। अर्को कुरा अहिले ती युवाको विवाह पनि भएको छैन। छोरो उच्च शिक्षा हासिल गरेको हुनाले उनको बाआमाले अब त धेरै दाइजो लिई मात्रै छोराको बिहेबारी गर्ने हो तर छोरा पढी लेखी एकदमै शिक्षित भएको हुनाले त्यसले विहेको बारेमा अर्कै योजना बनाइसकेको रहेछ । ऊ चाहीँ आफ्नो गाउँ समाजमा विद्यमान रहेको दाइजो प्रथालाई जति सके यसलाई हटाउनको लागि केही उदाहरण प्रस्तुत ‎गर्नुपर्छ भनी सोचेको छ ।

एकदिन उसको बाआमा छोरा अब तिम्रो विवाह गर्ने सोच बनाएका छौं। तिम्रो पढाइ पनि पूरा भैसकेको छ। हैन बाआमा अहिले म विहेसिहे केही गर्दैन। केही जागिर गरिसकेपछि बल्ल यसको बारेमा सोच्छु भनेर छोराले भन्छ । हैन हामीसँग यति धेरै जग्गा जमीन छ अर्कोतिर विहेमा दाइजो पनि आउँछ फेरी किन जागिर गर्नुपर्यो बाआमाले भन्छन्। अनि बाआमा म के को लागि यति धेरै पढाइ गरेको छु केही गर्नको लागि केही बन्नको लागि नि फेरि छोराको जवाफ आउँछ। गर्दागर्दै एक दिन त्यो दिन पनि आउँछ जब छोरा शिक्षकको जागिर पाइहाल्छ। अब त तेरो सपना पूरा भयो । हामी तेरो लागि एउटा केटी देखेका छौं। अलिअलि पढाइ पनि गरेकी छे तिमीले उसैसँग विवाह गर्नुपर्छ है । बाआमा भन्छन्। छोराले भन्छ ठीक छ बाआमा विहे त हजुरहरूले खोजेको केटीसँग नै गर्छु तर दाइजोको नाममा केही पनि लिन पाउनुहन्न । बाले भन्छन् -“के रे के भन्छ फेरि भन त दाइजो नलिने भन्छ । तिमीले हाम्रो नाक कटाउन लागेको छ। गाउँका मान्छेहरू के भन्छन्। तिमीलाई यति धेरै पढाइ लेखाइ गराइयो, त्यति धेरै खर्च गरियो अझ एउटा बाटो भेटिएको छ त्यो पनि तिमीले बन्द गर्न खोजेको हो।

” छोराले भन्छ -” के बा मलाई दाइजो पाउनैको लागि पढाउनु भएको थियो। मैले जागिर पनि पाइसकेको छु, हामीसँग टन्नै धन सम्पत्ति पनि छ फेरि यिनी पुरानो सोचमा किन रूमल्लिनुभएको हुनुहुन्छ। ” हेर हेर दुई अक्षर के पढिलियो आज आएर मलाई सिकाउँछस् । बाले भन्नुभयो। ठीक छ बा त्यसो भए त म विहे नै गर्दैन ।लौ के भन्छ यसले ल ठिक छ त्यसो भए अब आफ्नै कमाइले तेरो बिहे गर बाले भन्नु भयो।  ल ठिक छ बा म मेरो बिहे दुनियाँलाई चकित बनाउने खालको गरेर देखाइदिन्छु। ल ल हामी पनि हेरम न। त्यसपछि अझ राति खाना खाएर सबै एकै ठाउँमा बसेर कुराकानी गर्छन्। छोराले हरेक तरिकाले आफ्नो बाआमालाई सम्झाउँछ कि दाइजो लिनुदिनु एक सामाजिक कुरीति हो। यसलाई  हामी सबै मिलेर अन्त्य गर्न जरूरी छ। यो लिएर हामी न त धनी बन्न सक्छौ अनि लिएनौ भने गरिब पनि हुँदैनौ। अर्कालाई दु:ख, कष्ट दिएर लिएको सम्पत्तिबाट कहिल्यै पनि खुशी र सुखी हुन सक्दैनौ । छोरी पनि दिने अनि दाइजो पनि दिने यो त भएन त बाआमा बरू हामीले छोरीहरूपट्टिबाट लिने हैन दिन सक्नुपर्छ।

भोलि बिहान हाम्रो दिदी बहिनीको पालो आउन सक्छ अनि उहाँहरु दु:खी हुँदा कस्तो लाग्ला बा आफै भन्नुहोस् न । यति सुनिसकेपछि बाले गहिरो सास लिएर भन्नुभयो बाबु तिमी त साच्चै मास्टर बनेका छौ । तिमीले वर्षौंदेखि हाम्रो बन्द आँखालाई खोलिदियो। अब त बाबु सम्धी ज्यूबाट केही पनि नलिएर बरू हुन्छ भने उहाँलाई विहेमा के कस्तो कुराको जरूरी छ दिन्छु अनि तिम्रो बिबाह भव्यताका साथ गर्ने हो । यो‌ कुरा सुनेर छोरा एकदमै खुसी हुन्छ। विवाह खुब धुमधामका साथ हुन्छ । दुलही घरमा भित्र्याइन्छ। दुलही यति उच्च विचारको दुल्हा पाएर रमाइन । बाँकी गाउँ समाजमा मानिसहरू पनि केटाको र उसको बाआमाको खुब प्रशंसा गरे। अब हामी पनि आफ्ना छोराछोरीहरूको विवाह विना दाइजोको गर्छौ भनी वाचा गरे । त्यसपछि स परिवार रमाएर बस्न थाले।

Facebook Comments