नेकपा(माओवादी केन्द्र) ले केन्द्रीय समिति भङ्ग गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रज्ञा भवन कमलादीमा सम्पन्न बैठकले मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ ।
यस्तै वर्तमान पदाधिकारीलाई आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने, पार्टीभित्रका नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय भएका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
‘सम्पत्तिको छानबिन पहिला पदाधिकारीबाट सुरु गर्ने, कार्यालय, सचिवालय र परिवारको व्यवस्थापनमा नितान्त नयाँ ढङ्गले सोच्ने, महाधिवेशन मङ्सिरको अन्त्यमा गर्ने निर्णय भयो’, उनले भने ।
नेकपा (माओवादी केन्द्र) का निर्णय
केन्द्रीय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण । पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने । महाधिवेशन मंसिरमा गर्ने ।

पार्टीभित्रका नेता-कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने ।
नेपोटिज्म हामीमाथि पनि आरोप छ, कार्यविधि बनाएर पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने । सँस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति बनाउने ।
जेन-जीलाई पार्टीका सबै कमिटीमा अधिकतम् सहभागी गर्ने । युवाहरूलाई प्रथामिकता दिने ।
आईटी कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने ।
अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्तावलाई समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।
विभिन्न विचार मिल्ने पार्टीहरूसॅग एकता गर्ने ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
