दाङ । बंगलाचुली गाउँपालिका–१ मा रहेको स्युजा क्रिकेट क्लबको आयोजनामा यस वर्षको विजयादशमी तथा दीपावलीको अवसर पारेर क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी असोज २८ गते मंगलबारदेखि प्रतियोगिता सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा बंगलाचुली गाउँपालिका, हर्नक काउले र सैघाका टोलीहरूबीच प्रतिस्पर्धा हुनेछन् । प्रत्येक खेलाडीले आफ्नो वडाबाट मात्रै खेल्नुपर्ने र एउटै वडाबाट आवश्यक परे जति पनि टिम बनाउन पाइने व्यवस्था गरिएको आयोजक समिति सदस्य अमर कंवरले जानकारी दिए ।
विजेता टोलीलाई नगद रु. ३५ हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने छ भने उपविजेता टोलीलाई नगद रु. २० हजारसहित मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कारस्वरूप दिइनेछ । यस्तै, ‘म्यान अफ द सिरिज’, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने प्रत्येक टोलीमा १३ जना खेलाडी र १ जना व्यवस्थापक अनिवार्य रहनेछन् । टिम दर्ता शुल्क रु. ३५०० तोकिएको छ भने टिम दर्ताको अन्तिम मिति असोज २६ गतेसम्म रहने क्लबले जनाएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
