• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
आइतबारदेखि पुनः सुचारु हुँदै राजस्व कार्यालय तुलसीपुरका सेवा 




तुलसीपुर। आन्तरिक राजस्व कार्यालय तुलसीपुरले भदौ २४ गते भएको तोडफोड र आगजनीका कारण ठप्प परेको सेवा पुनः सुचारु भएको जानकारी सार्वजनिक गरेको छ। आइतबारदेखि कार्यालयले प्रदान गर्ने सेवा तुलसीपुर उद्योग वाणिज्य संघको भवनमार्फत सञ्चालन हुने भएका छन्।

कार्यालयका प्रमुख कर अधिकृत श्रीधर टण्डनले सम्बन्धित सबै करदाताहरू र सरोकारवालाहरूलाई सूचित गर्दै, अब सेवाहरू नियमित रूपमा उपलब्ध हुने बताउनुभएको छ। उहाँका अनुसार, करदाताले भौतिक उपस्थितिमा आम्दानीकर, व्यवसाय कर, मूल्य अभिवृद्धि कर लगायतका सबै सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

Facebook Comments