काठमाडौं। नजिकिदै गरेको बडा दशैंको समयमा यात्रा सुरक्षित बनाउन सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राख्नु पर्ने भएको छ ।
यातायात व्यवस्था विभागका अनुसार मंगलबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने गरी यात्रीबाहेक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य रूपमा राखी आलोपालो सवारी चलाउने व्यवस्था यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीले मिलाउने निर्णय भएको छ । यसको अनुगमन प्रहरीले गर्ने छ ।
१८ वर्ष पूरा नभएका व्यक्तिलाई चालकको रूपमा काममा लगाउने पाइने छैन।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
