• १० माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
क्यान्सर पीडित तुलसाको उपचार सहयोग अभियान, हालसम्म करिब ७५ हजार संकलन 




दाङ । बङ्गलाचुली गाउँपालिका–१ स्युजा खाडाका क्यान्सर पिडित महिला तुलसा गौतमको उपचार सहयोगार्थ स्थानीय युवाहरूले सुरु गरेको अभियानले छोटो समयमै उल्लेख्य सफलता हासिल गरेको छ।

सहयोगी अभियानमार्फत अहिलेसम्म करिब ७५ हजार रुपैयाँ संकलन भएको अभियानकर्ता सहज कर्ता चेतन खनालले  जानकारी दिएका छन्। उनीहरूले समाजसेवी, सहयोगी तथा मनकारी व्यक्तित्वहरूले विश्वास, माया र भरोसा प्रकट गर्दै साथ दिएकोमा हार्दिक आभार व्यक्त गरेका छन्।

अभियान पूर्णरूपमा पारदर्शी हुने बताउँदै अभियानकर्ता चेतन खनालले  भने, “हामीले आजसम्म गरेका सबै सामाजिक काम निस्वार्थ ढंगले गरेका छौँ। समाजसेवा आत्मसन्तुष्टि र अरुको भलोका लागि हो, व्यक्तिगत स्वार्थ पूर्ति गर्नका लागि हैन।”
यस अभियानमा देश–विदेशमा रहेका साथीभाइहरूले समेत प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्दै आएको र प्रवासी एकता समाज बङ्गलाचुली–१ को सक्रिय भूमिकाले अझ सहजता प्रदान गरेको अभियानकर्ताहरूले बताएका छन्।

कुनै–कुनै सहयोगी साथीहरूले थप समय मागेका कारण अभियानलाई आगामी २/३ दिनसम्म विस्तार गरिएको छ। संकलित तथा थप संकलन हुने रकम आउँदो शनिबार प्रवासी एकता समाज बङ्गलाचुली–१ का अध्यक्ष निमराज घर्तीसहितका सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा तुलसा गौतमलाई हस्तान्तरण गरिने जनाइएको छ।
अभियानकर्ताहरूले गौतमको शीघ्र स्वास्थ्य लाभको शुभकामना दिँदै सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।

Facebook Comments