• २८ पुष २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपा दाङले तोडफोड भएको कृष्णसेनको सालिक पुनस्थापना गर्ने




घोराही । नेपाल कम्युनिस्ट पार्टी दाङले भालुवाङमा रहेको सहिद कृष्णसेन इच्छुकको सालिक अवलोकन गरेको छ । जेएनजीको प्रदर्शनको क्रममा तोडफोड भएको कृष्णसेनको सालिक पार्टीले आज आइतबार अवलोकन गरेको हो ।

पार्टीका जिल्ला इञ्चार्ज सविन सीले गत भाद्र २४ गते बेलुका जेनजी आन्दोलनमा घुसपैठ गरेका अपराधीहरूले अमर सहिद कृष्णसेन इच्छुकको दाङको भालुबाङमा रहेको सालिक तोडफोड गरेको बताउनुभयो । उहाँले कृष्णसेनको सालिक तोडफोड भएको स्थानमा पुगेर अवलोकन गर्दै उक्त कार्यको भत्सना गर्नुभएको छ । साथै छिट्टै सालिक पुनस्थापना गर्ने अठोटसहित स्तम्भमा इच्छुकको फोटो स्थापित गरिएको उहाँले बताउनुभयो ।

 

पार्टीका जिल्ला इञ्चार्ज सविन सीको नेतृत्वमा  नेताकार्यकर्ताहरु कृष्णसेनसेनको सालिक अवलोकन गर्न भालुवाङ पुगेको थिए । सो अवसरमा पार्टीले तोडफोड भएको सालिकमा कृष्णसेनको फोटो समेत टासेको छ ।

 

 

Facebook Comments