शिवु खनाल
देउखुरी। राप्ती नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव तिनदिन पछि फेला परेको छ ।
राप्ती नदिमा डुबेर बेपत्ता हुनु भएका लमही नगरपालिका वडा नम्बर ४ बड्का घुम्ना निवासी आन्दाजी ५५ वर्षिय ईश्वर चौधरीको शव तिनदिन पछि राप्ती नदी किनारमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख भवानी प्रसाद धमालाले जानकारी निुभयो ।
चौधरी गत बिहीबार बेलुका छ बजे राप्ती नदि किनार नजिकैबाट नदिमा खसेर बेपत्ता हुनुभएका थियो । लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ हेक्वा अर्जुन खोलाका तालिम प्राप्त उद्दार टोली र नेपाल प्रहरीको संयुक्त प्रयासमा बोटिङ्बाट खोजी कार्यभइरहेको थियो ।
आइतवार बेलुका इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख इश्वर प्रसाद धमलाको नेतृत्वमा खटिएको टोलीले राजपुर गाउँपालिका वडा नम्बर ७ हाडवास गाउँ स्थित राप्ती नदी किनारमा चौधरीको शव फेला पारेको हो । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

