दाङ । हालै भएको जेनजीको आन्दोलनका क्रममा घोराहीस्थित होटल माला इनमा पुगेको क्षतिको विवरण बुझ्न दाङ जिल्ला उद्योग वाणिज्य संघले स्थलगत अनुगमन गरेको छ।
संघका अध्यक्ष वसन्त जोशी र सदस्य रामप्रसाद पोख्रेलले शनिबार होटल पुगेर तोडफोड तथा क्षतिको अवस्थाबारे जानकारी लिएका हुन्। आन्दोलनका क्रममा होटलमा तोडफोड, तोडजोड र आर्थिक क्षति भएको भन्दै व्यवसायीहरूले गुनासो गरेका छन्।
अनुगमनपछि अध्यक्ष जोशीले शान्तिपूर्ण विरोधको अधिकार सबैलाई भए पनि सार्वजनिक तथा निजी सम्पत्तिमा आक्रमण अस्वीकार्य भएको बताउँदै यस घटनाका दोषीलाई कानूनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरे। उनले व्यवसायीहरूको सुरक्षामा राज्य गम्भीर बन्नुपर्ने र प्रभावित होटललाई क्षतिपूर्ति दिलाउन उद्योग वाणिज्य संघले निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए।
संघका पदाधिकारीहरूले जेनजीको आन्दोलनका कारण व्यवसायिक क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गर्दै भविष्यमासमेत यस्ता घटनाले दाङको व्यवसायिक वातावरणलाई नकारात्मक असर पार्ने चेतावनी दिएका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
