• १० माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपा दाङद्वारा कुमालको निधनप्रति दुःख व्यक्त




दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति दाङले पार्टी केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा गढवा गाउँपालिका सचिव कमरेड यज्ञ सिको पिताको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

गढवा गाउँपालिका–१, राङसिङ निवासी ७५ वर्षीय गोपाल प्रसाद कुमालको २०८२ साल भाद्र २५ गते असामयिक निधन भएको पार्टीले जनाएको छ । पार्टी सचिवालयले विज्ञप्ति जारी गर्दै स्व. कुमालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

जिल्ला सचिव तिलक सिले जारी गरेको वक्तव्यमा भनिएको छ, “दुखको यस क्षणमा दिवंगत गोपाल प्रसाद कुमालप्रति स्मरणसहित हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौं र कमरेड यज्ञ सि लगायत सम्पूर्ण परिवारजन तथा नजिकका साथीहरूलाई पार्टी पीडामा साझेदार रहँदै समवेदना प्रकट गर्दछ ।”

नेकपा जिल्ला समितिले स्व. कुमाललाई इमानदार, श्रमठ, समाजसेवी व्यक्तित्वका रूपमा स्मरण गर्दै उनको निधनले स्थानीय समाज र पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएको छ।

Facebook Comments