• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जेनजी आन्दोलनका अगुवा गुरुङको घोषणा– भ्रष्टाचारीको घरघरबाट एक/एक रुपैयाँ निकाल्छु




दाङ। जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आन्दोलनको क्रममा भावुक हुँदै भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने घोषणा गरेका छन्।

आज काठमाडौं आयोजित पत्रकार सम्मेलनमा खुसीको आँसु चुँदै उनले भने, “देश परिवर्तन हुन्छ भन्ने एउटा सपना थियो, आज पूरा भएको छ। तर पीडा पनि छ कि परिवर्तन माग्दा गोली खानुपर्ने देश बन्यो। हामीले सुशासन माग्दा गोली खानुपर्‍यो। ती साना भाइहरुलाई गोली हान्दा प्रहरीको हात किन कामेन?”

गुरुङले प्रहरी कारबाहीमा घाइते भएका आन्दोलनकारीको पीडामा आफूलाई बाँधी न्याय नदिएसम्म पछि नहट्ने बताए। उनले चेतावनी दिदैँ भने, “जो जोले गोली हाने, म उनीहरूलाई एक जनालाई पनि छाड्दिन। अनि बल्ल सबैले न्याय पाउनेछन्। हरेक भ्रष्टाचारीको घरघरबाट एक एक रुपैयाँ निकाल्ने छु, अनि विश्वले थाहा पाउने नेपाल कसरी बन्छ भनेर। म गोली खाएका भाइहरुको कसम खान्छु– म कसैलाई छाड्दिन। कहाँ कहाँ भाग्ने हो भाग्नुहोस्, म छाड्नेवाला छैन।”

उनले भ्रष्टाचार र राजनीतिक विफलताले मुलुकलाई सताएको उल्लेख गर्दै प्रश्न गरे, “यति राम्रो देशलाई किन सतिले सरापेको भनिन्छ? प्रकृति हेर्दा यति सुन्दर देश किन यो अवस्थामा पुग्यो? भाइबहिनीहरू विदेश गएकै छन्, के नेपाललाई वृद्धाश्रम बनाउने?”

दलहरूको विभाजनकारी राजनीतिमाथि आक्रोश व्यक्त गर्दै गुरुङले भने, “विदेश जाँदा त्यहाँ कांग्रेस, एमाले, माओवादी हुँदैन, नेपाली मात्रै हुन्छ। तर नेपालमै एक भएर किन देश बनाउन सकिँदैन?”

गुरुङले जेनजी आन्दोलनलाई राष्ट्र निर्माणको ऐतिहासिक अवसरका रूपमा लिँदै भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने दृढता दोहोर्याएका छन्।

Facebook Comments