• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
व्यवसायीको सुरक्षा र क्षतिपूर्ति सुनिश्चित गरिनुपर्छ : दाङ उवा संघ




दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले भदौ २३ र २४ गते विभिन्न स्थानमा भएको आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, निजी उद्योग–व्यवसाय तथा संस्थागत संरचनामा तोडफोड, आगजनी र अराजक गतिविधि भएकोप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।

संघले बिहीबार एक अपील जारी गर्दै यस्तो गतिविधिले केवल व्यक्तिगत श्रम, पूँजी र लगानीमाथि मात्र आक्रमण नभई देशको आर्थिक प्रतिफलमा ठूलो नोक्सानी पुर्‍याउने भएकाले तत्काल रोक्नुपर्ने माग गरेको हो।

अपीलमा भनिएको छ, “सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड गर्ने कार्य तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्छ। सम्पूर्ण व्यापारी तथा उद्योगीको सुरक्षा सुनिश्चित गरिनुपर्छ।”

संघले व्यवसाय सञ्चालनका लागि शान्तिपूर्ण र सुरक्षित वातावरण कायम गर्न सरकार तथा सरोकारवालाहरूसँग आग्रह गरेको छ। साथै आन्दोलनका कारण प्रभावित व्यवसायी तथा संस्थाहरूको उचित क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने पनि संघको माग छ।

संघका अध्यक्ष बसन्त जोशी र महासचिव महेन्द्र बुढाथोकीद्वारा हस्ताक्षरित अपीलमा भनिएको छ, “हामी आन्दोलनकारीको अधिकारलाई सम्मान गर्छौं तर त्यसकै नाममा हिंसात्मक र अराजक गतिविधि कुनै हालतमा स्वीकार्य छैन। समस्या समाधानका लागि वार्ता र संवाद नै सही बाटो हो।”

संघले आगामी दिनमा उद्योग–व्यवसायमैत्री वातावरण बनाउन सबै पक्षलाई जिम्मेवार भई अघि बढ्न पनि आह्वान गरेको छ।

 

 

Facebook Comments