• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
स्नातक दोस्रो वर्षको परीक्षा स्थगित




त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगन गरेको छ ।

देशमा सोमबारको प्रदर्शनपछि असहज परिस्थिति सिर्जना भएको भन्दै त्रिविले परीक्षा स्थगन गरेको हो । भदौ २४, २५ र २६ गतेका दिन ( बिहान ७:०० बजेदेखि १०:०० बजेसम्म र दिउँसो १२:०० बजेदेखि ३:०० बजेसम्म) सञ्चालन हुने देशभरका सबै परीक्षा केन्द्रका परीक्षा हाललाई स्थगन गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले ती परीक्षा क्रमशः मिति २०८२ आश्विन २ गते, ४ गते र ५ गते सोही समय र सोही परीक्षा केन्द्रमा सञ्चालन गरिने जनाएको छ ।

Facebook Comments