• १० माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देउखुरी डान्सिङ स्टार सिजन-६ काे विजेता बनिन् एलिना बुढा




श्रवण कुमार यादव
देउखुरी, २२ भदौ। डी–टु कला केन्द्रद्वारा आयोजित ‘देउखुरी डान्सिङ स्टार सिजन- ६’ को उपाधि देउखुरी पब्लिक अङ्ग्रेजी माध्यामिक विद्यालय, देउपुरकी एलिना बुढाले जितेकीछिन्।

प्रतियोगितामा नव प्रतिभा आधारभूत विद्यालयकी दीपशिखा बुढा दोस्रो, सिरिङ्ग भ्याली पब्लिक स्कूलकी सिम्रन जिएम तेस्रो, आदर्श मा.वि. देउपुरकी स्मिता कुमाल चौथो र गोरखा मोडेल स्कूल, लमहीका सन्दिपत वली पाँचौं भएका हुन्। त्यस्तै अनुशासनतर्फ अवार्डबाट पब्लिक एजुकेसन एकेडेमी, लालमटीयाकी जेनिक्षा पुन सम्मानित भएकी हुन्।

यस पटकको प्रतियोगितामा देउखुरीमा भएका विद्यालय स्तरदेखि सुरु भई मेगा राउण्डमा २२५ जना, एक्स्ट्रा राउण्डमा ८० जना, सेमिफाइनलमा ४० जना र अन्तिम फाइनलमा २० जना प्रतिस्पर्धीबीच सम्पन्न भएको थियो।

सिजन–६ का संयोजक राजेश डाँगीको अध्यक्षतामा भएकोे कार्यक्रममा प्रमुख अतिथि संघीय संसद सदस्य तथा पूर्व मन्त्री मेटमणी चौधरी, विशिष्ट अतिथि लमही उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष शारदा सुवेदी, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बस्याल, राप्ती उद्योग वाणिज्य संघका महासचिव वासुदेव न्यौपाने, नेपाल पत्रकार महासंघ दाङ जिल्ला सदस्य टेक बहादुर पुन लगायतका अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै सहभागी विद्यालयका प्रतिनिधिहरू, स्थानीय सञ्चारकर्मी तथा सिजन १ देखि ५ का विजेताहरूले समेत कार्यक्रमलाई भव्य बनाएका थिए।

कार्यक्रममा पूर्व शहरी विकास मन्त्री एवम् प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले नेपाली भेषभुषा, भाषा, साहित्य संस्कृति संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनुभयो । कार्यक्रममा बाेल्दै सदस्य चाैधरीले यस्ता कार्यक्रमले गाउँ-घरमा लुकेका स्थानीय प्रतिभाहरूले उजागर गर्ने गतिलो माध्यम बनेको बताउनुभयो । उहाँले भन्नुभयो,-। स्थानीय प्रतिभाले केन्द्रमा राम्रो स्थान पाउनु भएको छ, आफ्नाे प्रतिभाबाट नेपाली भेषभुषा, धर्म संस्कृति रितिरिवाज संरक्षण गर्दै लैजानु पर्छ । यस विषय नव-प्रतिभाले गम्भीरतापूर्वक साेच्नुपर्ने हुन्छ।

उहाँले यस्ता प्रतियोगिताले देउखुरी भेगका बालबालिकामा लुकेर रहेका प्रतिभा बाहिर ल्याउने मात्र होइन, उनीहरूको आत्मविश्वास र भविष्यलाई उजागर गर्ने काम गर्ने गरेको बताउनुभयो । उहाँले कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा स्थानीय युवा-युवतीको भूमिका प्रशंसनीय रहेको बताउनुभयाे ।

निर्णायकका रूपमा नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका लोकेन्द्र शाह र डान्स कोरियोग्राफर तथा मोडेल अन्जु खड्का रहनुभएको थियो। विजेताहरूलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमको सञ्चालन डी–टु कला केन्द्रका अध्यक्ष दिपक वर्माले गर्नुभएको थियो।

Facebook Comments