घोराही । दाङको घोराही उपमहानगरपालिका – १४ झिंगौरास्थित अम्बिकेश्वरी क्याम्पसमा म्यानेजमेन्ट र आईटीसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको आयोजनामा शनिबार क्याम्पसकै सेमिनार हलमा म्यानेजमेन्ट र आईटीको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
क्याम्पसमा अध्ययनरत एमबिए दोस्रो सेमेष्टरका विद्यार्थी र घोराही – १५ मा रहेको स्वस्तिक एडभरटाइजबीच म्यानेजमेन्ट र आईटी क्षेत्रको सम्भावना, चुनौती र अवसरका बारेमा गहन छलफल भएको थियो । देश संघीयतामा गएसँगै सरकारी तथा गैरसरकारी क्षेत्रमा म्यानेजमेन्ट र आईटीको स्कोप बढ्दै गएको छ ।
- स्वस्तिक एडभरटाइजका सञ्चालक भवानी कंडेलले विद्यार्थीहरुसँग छलफलको क्रममा पछिल्लो समय सूचना तथा प्रविधिको विकाससँगै म्यानेजमेन्ट र आईटी क्षेत्रको माग तीब्र रुपमा बढेको बताउनुभयो । उहाँले हरेक क्षेत्रमा म्यानेजमेन्टसँग जोडिएको आईटीको आवश्यकता बढ्दै गएको हुँदा विद्यार्थीहरुले आफ्नो अध्ययनसँगसँगै सीप, क्षमता र दक्षतालाई पनि अब्बल बनाउनुपर्नेमा जोड दिनुभयो । “एउटा सफल व्यक्ति बन्नको लागि व्यवसायी सुरु गर्नुपर्छ” उहाँले भन्नुभयो “व्यवसाय सफल भएमात्र व्यक्ति सफल हुन्छ । व्यवसाय सानो होस् या ठूलो तर व्यवसाय गर्दा लगनशीलसँगै निरन्तता चाहिन्छ ।”
एडभरटाइजका सञ्चालक भवानी कंडेलले आफ्ना अनुभव सुनाउँदै आफूले दाङमा एक लाखबाट स्वस्तिक एडभरटाइजको व्यवसाय सुरु गरेको र अहिले त्यसको मूल्य करोडौं भएको बताउनुभयो । आफ्नो व्यवसाय सफल भएकै कारण आफू सफल व्यक्ति भएको कुरामा जोडदिँदै कुनैपनि व्यवसायलाई निरन्तरता दिनुनै सफलता प्राप्त गर्नु हो उहाँले भन्नुभयो । व्यवसायीलाई सफल बनाउनका लागि प्रचारप्रसार महत्वपूर्ण भूमिका हुने भन्दै व्यवसायीको अभिन्न अंग भनेकै प्रचारप्रसार भएको उहाँले बताउनुभयो । व्यवसायीको प्रचारप्रसारसँगै व्यवसायीको सेल्सपनि वृद्धि हुँदै जाने भएकाले डिजिटल प्लेटफर्मको प्रयोग प्रभावकारी हुने समेत उहाँको जोड थियो । एमबिएको अध्ययनसँगै विद्यार्थीहरुले सानो भएपनि कुनै न कुनै व्यवसायी सञ्चालन गर्न आग्रह गर्दै उहाँले आफ्नो सीप, क्षमता र दक्षताको आधारमा व्यवसाय सुरु गरे भविष्यामा सफल व्यक्ति बन्न सकिने बताउनुभयो । नेपालमा उत्पादित दक्ष जनशक्ति रोजगारीको लागि विदेश नगएर स्वदेशमै बसेर व्यवसाय सञ्चलान गर्नुपर्छ र एउटा सफल व्यक्ति बन्नुपर्छ उहाँले भन्नुभयो । हाल स्वस्तिक एडभरटाइजले १६ जनालाई रोजगारी दिँदै आइरहेको छ ।
त्यस्तै क्याम्पसका प्रध्यापक नरेन्द्र बञ्जाडेले विद्यार्थीले आफ्नो पढाइसँगै व्यवहारिक ज्ञानलाई अब्बल बनाउनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुले किताबी ज्ञानसँगै बाहिरी अध्ययन र अनुसन्धानको दायरा फराकिलो पार्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थीको अध्ययन पूरा भएसँगै कुनैपनि कम्पनीले कर्मचारी माग गरेको आधारमा काम गर्न योग्य र सक्षम उम्मेदवार रुपमा आफू प्रस्तुत हुन सक्ने क्षमताको विकास गर्न जरुरी भएको समेत उहाँले बताउनुभयो । हरेक विद्यार्थीहरुले अध्ययनलाई सर्टिफिकेटको लागिमात्र नभर आफ्नो भविष्य सफल र उज्ज्वल बनाउनतर्फ जोड्नुपर्ने उहाँको भनाइ थियो ।
एमबिएम दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले स्वस्तिक एडभरटाइजको बारेमा विभिन्न जिज्ञासाहरु राखेका थिए । विद्यार्थीहरुले एउटा सफल व्यवसायको योजना, संर्घष, सम्भावना, चुनौती र अवसरलगायतका विविध पक्षको छलफलमा सहभागी हुन पाउनुलाई महत्वपूर्ण अवसर भएको बताएका थिए ।
क्याम्पसका प्रध्यापक नरेन्द्र बञ्जाडेको समन्वय तथा स्वस्तिक एडभरटाइजका सञ्चालक भवानी कंडेलको विशेष उपस्थितिमा अन्तरक्रिया कार्यक्रम भएको थियो । अम्बिकेश्वरी क्याम्पसमा विगत एक देशकदेखि आईटी क्षेत्र अन्तर्गत बिआइटिएम, बिएस्सी सिएसआइटी र बिसिए कार्यक्रम सञ्चालमा रहेका छन् भने क्याम्पसले गत वर्षदिखि एमबिए कार्यक्रम पनि थप गरेको छ ।

रेउले सिस्ने अनलाइनका प्रबन्ध सम्पादक हुनुहुन्छ ।
