कमिरेचौर १९ भदौ । दाङको बंगलाचुलीमा मोटरसाइकल दुर्घटना हुदा ३ जना घाइते भएका छन ।
घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कमिरेचौरले जानकारी दिएको छ । आज बिहान करिब साढे ११ बजेको समयमा घोराही मुर्कुटि सडक खण्ड अन्तर्गत बंगलाचुली गाउँपालिका वडा नम्बर ६ को बचेनी भन्ने स्थानमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कमिरेचौरका प्रहरी सहायक निरिक्षक मधुकर बिसिले जानकारी दिनुभयो ।
कमरेचौरतर्फबाट मुर्कुटि तर्फ जादै गरेको रा २ प ५२९० नम्बरको मोटरसाइकल र बिपरित दिसा बाट आइरहेको रा ७ प ४८८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिदा मोटरसाइकल चालक बंगलाचुली गाउँपालिका वडा नम्बर ४ निवासी रमेश खड्का, पछाडि सवार बंगलाचुली गाउँपालिका फलिदे निवासी दामी घर्ती र प्युठान सरुमारानी गाउँपालिका वडा नम्वर ६ निवासी मान बहादुर र घाइते हुनुभएको प्रहरी सहायक निरिक्षक बिसिले जानकारी दिनुभएको ।
घाइतेहरुलाई बंगलाचुली अस्पताल कमिरेचौरमा सामान्य उपचार पश्चात् राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रेफर गरिएको उहाले जानकारी दिनुभयो । घाइते मध्ये रमेश खडकाको अवस्था गम्भीर रहेको र अन्य २ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
