• २४ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जिल्ला समन्वय समितिको मूल्याङ्कनमा राप्ती गाउँपालिका जिल्ला प्रथम




तुलबहादुर कवँर मगर
दाङ, १८ भदौ। दाङका स्थानीय तहबीच गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका जिल्ला प्रथम भएको छ।जिल्ला समन्वय समिति दाङले आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहहरूले सम्पन्न गरेका कामको मूल्याङ्कन गर्दा जिल्लाका १० स्थानीय तहमध्ये राप्ती गाउँपालिका प्रथम भएको हो।

लिजा र एफआरए, पूँजीगत खर्चको प्रतिशत, वित्तीय अनुशासन तथा प्रस्तुतिकरणलाई आधार मानेर गरिएको मूल्याङ्कनमा राप्ती गाउँपालिकाले ५० पूर्णाङ्कमध्ये ४०.५ अंक प्राप्त गरेको छ।

त्यस्तै, घोराही उपमहानगरपालिकाले ३६.३३ अंकसहित दोस्रो स्थान हासिल गरेको छ भने बबई गाउँपालिकाले ३६.१६ अंकसहित तेस्रो स्थान प्राप्त गरेको छ।

प्रथम, दोस्रो र तेस्रो स्थानमा रहेका स्थानीय तहलाई बुधबार सम्पन्न जिल्ला समन्वय समितिको नवौँ जिल्ला सभामा सम्मान गरिएको छ।

Facebook Comments