• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन




तुल बहादुर कवँर मगर
सिसहनियाँ, १७ भदौ। दाङको राप्ती गाउँपालिका अन्तर्गत राजमार्ग क्षेत्रमा रहेका होटलहरूमा मंगलबार राति छड्के अनुगमन गरिएको छ।

राप्ती गाउँपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको संयुक्त टोलीले पूर्व–पश्चिम राजमार्गमा रहेका होटलहरूको अनुगमन गरेको हो।

अनुगमनका क्रममा होटलहरूको सरसफाइ, खाद्य वस्तुको म्याद, गुणस्तर, भण्डारण, मूल्यसूची, दर्ता नवीकरणको अवस्था लगायत विषयमा अनुगमन गरिएको थियो।

उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी विशेषगरी लामो यात्राका क्रममा यात्रुहरूले खाना खाने होटलहरूको अनुगमन गरिएको राप्ती गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिनुभयो।

त्यसैगरी, सरसफाइ तथा अन्य कमीकमजोरी देखिएका होटल सञ्चालकलाई तत्काल सुधार गर्न सल्लाह–सुझाव प्रदान गरिएको र उपभोक्तालाई सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउन निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख पदम बरालले बताउनुभयो।

अनुगमन टोलीमा गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बराल, खाद्य निरीक्षक सुदर्शन गोसाई, गाउँपालिकाका कर्मचारी सुवास भट्टराई, नारायण आर.सी. तथा इलाका प्रहरी कार्यालय सिसहनियाँ र प्रहरी चौकी मसुरियाका प्रहरीहरूको सहभागिता रहेको थियो।

Facebook Comments