• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
स्वर्गीय खुम बहादुर खड्का स्मृति फुटबल प्रतियोगिता हुने




घोराही । नेपाल तरुण दल, घोराही उपमहानगरपालिका–१० को आयोजनामा “स्वर्गीय खुम बहादुर खड्का स्मृति फुटबल प्रतियोगिता–२०८२” हुने भएको छ । प्रतियोगिता आगामी भदौ २८ गतेदेखि असोज ३ गतेसम्म घोराही–१० नारायणपुरस्थित वि.पि. वाटिका खेल मैदानमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

दाङ जिल्ला स्तरीय खुल्ला फुटबल प्रतियोगितामा उत्कृष्ट टिम तथा खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुने टिमलाई रु. ७० हजार सहित कप, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई रु. ३५ हजार  सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर र मिडफिल्डरलाई प्रत्येकलाई रु. २ हजार ५ सय सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुने टिमले रु. ६ हजार टिम दर्ता शुल्क बुझाउनु पर्नेछ भने दर्ताको अन्तिम मिति भदौ २६ गते तोकिएको छ । टाइ सिट भदौ २७ गते बिहान ११ बजे हुनेछ । उद्घाटन खेल भदौ २८ गते दिउँसो २ बजेबाट सुरु हुनेछ ।

आयोजकले जनाए अनुसार प्रतियोगिता फिफा र आयोजकको नियमअनुसार नक आउट चरणमा सञ्चालन गरिनेछ । प्रत्येक टिममा अधिकतम १६ खेलाडी सम्मिलित गर्न पाइनेछ । खेलको क्रममा कुनै चोटपटक वा अन्य दुर्घटना भएमा सोको जिम्मेवारी सम्बन्धित टिम र खेलाडीले नै वहन गर्नुपर्नेछ । त्यस्तै, खेलमा विवाद उत्पन्न भएमा आयोजक समिति र रेफ्रीको निर्णय अन्तिम हुने जनाएको छ ।

Facebook Comments