आलोक भावुक
दाङ देउखुरीको गढवा गाउँपालिकाको समन्वयमा किभा फाउन्डेसन नेपालगन्ज संग समन्वय गरेर गढवा गाउँपालिकाको ८ वटै वडामा निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न गरेको छ।
किभा फाउन्डेसन नेपालगन्जको आयोजना तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको सहयोग तथा गढवा गाउँपालिकाको सहकार्य समन्वयमा गढवा गाउँपालिकाको ८ वटै वडा कार्यालयमा ८ दिन सम्म निशुल्क आँखा चेकजाँच शिविर सञ्चालन गरी आँखा चेकजाँच गरेको हो।
जस अन्तर्गत वडा नम्बर १ मा १३ पुरुष र ३२ महिला सहित ४९ जनाले सेवा लिनु भएकोमा ५ जना मोतियाबिन्दुको विरामी फेलख गरेकि छन्। त्यसैगरी वडा नम्बर २ मा सञ्चालन भएको निशुल्क आँखा शिबिरमा ५२ पुरुष र ७७ महिला गरी १ सय २५ जनाले सेवा लिनु भएको थियो जसमा २९ जना मोतियाबिन्दुको विरामी भेटिएका छन्। त्यसैगरी वडा नम्बर ३ मा सञ्चालन भएको निशुल्क शिविरमा ५९ पुरुष र ९३ महिला गरी १ सय २५ जनाले सेवा लिनु भएको थियो जसमा १७ जना मोतियाबिन्दुको विरामी भेटिएका छन्।
त्यसैगरी वडा नम्बर ४ मा मा सञ्चालन भएको निशुल्क आँखा शिविरमा ६४ पुरुष र १ सय १५ महिला गरी १ सय ७८ जनाले आँखा चेकजाँच गराउनु भएकोमा २६ जना मोतियाबिन्दुको विरामी भेटिएका छन्। त्यसैगरी वडा नम्बर ५ मा सञ्चालन भएको निशुल्क आँखा शिविरमा ३५ पुरुष र ९५ महिला गरी १ सय ३० जनाले सेवा लिनु भएकोमा २० जन मोतियाबिन्दु भएका बिरामीको पहिचान भएको छ।
त्यसैगरी वडा नम्बर ६ मा निशुल्क आँखा शिविरमा ५७ पुरुष र १ सय १० महिला गरी कुल १ सय ६७ जनाले आँखा चेकजाँच गराउनु भएकोमा ३३ जना मोतियाबिन्दुको विरामी भेटिएका छन्। त्यसैगरी वडा नम्बर ७ मा सञ्चालन भएको निशुल्क आँखा शिविरमा ४६ पुरुष र ५९ महिला गरी कुल १ सय ५ जनाले सेवा लिनु भएकोमा १३ जना मोतियाबिन्दु भएकाहरुको पहिचान भएको छ।
त्यसैगरी वडा नम्बर ८ कोइलाबासमा सञ्चालन भएको निशुल्क आँखा शिविरमा ९ पुरुष र ११ महिला गरी २० जनाको आँखा चेकजाँच गरिएकोमा ३ जना मोतियाबिन्दु भएका बिरामीहरु गरी कुल ९ सय ३० जनाको आँखा चेकजाँच गर्दा १ सय ४६ जना मोतियाबिन्दु भएका बिरामीहरुको पहिचान भएको कार्यक्रम संयोजक व्रिजेश मिश्रले जानकारी दिनुभयो।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आँखा स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले यस किसिमका निशुल्क स्वास्थ्य कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “स्वास्थ्य नै समृद्ध जीवनको आधार हो। आँखा जस्तो संवेदनशील अंगको उपचारमा कुनै नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले हामीले सबै वडामा आँखा शिविर पुर्याएका हौं। यसले ग्रामीण बस्तीका आम नागरिकलाई राहत र आशा दिएको छ।” अध्यक्ष पोख्रेलले आगामी दिनमा पनि गाउँपालिकाले संघ, प्रदेश र विभिन्न संस्थासँग सहकार्य गरेर अझ प्रभावकारी स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो।
मोतियाबिन्दु भएका बिरामीहरुको निःशुल्क शल्यक्रियाका लागि तिलगंगा आँखा सर्जिकल सेन्टर सिसहनिया देउखुरीमा रिफर गरिने संयोजक मिश्रले जानकारी दिनुभयो।
त्यसैगरी थप १७ जनाको पनि शल्यक्रिया गरिने भएको छ, आँखामा मासु पलाएका १० जना पुरुष र ७ जना महिलाको सहुलियत दरमा शल्यक्रियाका लागि रिफर गरिएको संयोजक मिश्रले जानकारी दिनुभयो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

