रुकुमपश्चिम। माओवादी केन्द्र बाँफिकोट अन्तर्गत वडा नं. १ देखि ९ सम्मको चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा सबै वडाका अध्यक्ष र कार्यसमिति निर्विरोध चयन भएका छन्।

वडा नं. १ मा बिष्णु मल्लको अध्यक्षतामा २१ सदस्यीय समिति, वडा नं. २ मा धन बहादुर खत्रीको अध्यक्षतामा २१ सदस्यीय समिति, वडा नं. ३ मा लाले ओलीको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको छ। त्यस्तै, वडा नं. ४ मा शशीराम रिजालको अध्यक्षतामा १७ सदस्यीय, वडा नं. ५ मा उपेन्द्र केसीको अध्यक्षतामा १७ सदस्यीय समिति चयन भएको छ।
वडा नं. ६ मा तप्त पुनको अध्यक्षतामा २५ सदस्यीय, वडा नं. ७ मा डिल बहादुर कुसारीको अध्यक्षतामा २५ सदस्यीय, वडा नं. ८ मा रिता बाँठामगरको अध्यक्षतामा २१ सदस्यीय, र वडा नं. ९ मा टेकराज बिस्वकर्माको अध्यक्षतामा १३ सदस्यीय समिति निर्विरोध चयन भएको छ।

अधिवेशनले पार्टीको संगठन सुदृढ गर्दै स्थानीय तहमा समन्वय र क्रियाशील नेतृत्व सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
