• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशसभा सदस्य सरिताको निधन




लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन भएको छ ।

एमालेको समानुपातिकबाट रूकुम पूर्वबाट निर्वाचित पुनको काठमाडौंमा उपचारकै क्रममा शनिबार निधन भएको एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए ।

उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा आज शनिबार उनको निधन भएको एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले बताए ।

पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया (मेजर अपरेशन) गरिएको थियो ।

पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।

पुन लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समिति सदस्य पनि थिइन् । पुन रुकुमपूर्वको तकसेरा निवासी हुन् ।

Facebook Comments