• २८ पुष २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बिराज पौडेल लियो क्लब अफ घोराही अम्बिकेश्वरीका चार्टर अध्यक्ष चयन




दाङ। समाजसेवा र युवाप्रेरणामा सक्रिय बिराज पौडेल हालै गठन भएको लियो क्लब अफ घोराही अम्बिकेश्वरीका चार्टर अध्यक्षमा निर्वाचित भएका छन्। सामाजिक अभियन्ताको रूपमा परिचित पौडेल विभिन्न संस्था र संगठनमा सक्रिय रहँदै आएका छन्।

नेशनल युथ पार्लामेन्टका सदस्यसमेत रहेका पौडेलले युवाको सशक्तिकरण, शिक्षा र प्रविधिमुखी विकासका लागि निरन्तर आवाज उठाउँदै आएका छन्। उनका योगदान र नेतृत्व क्षमताका कारण उनलाई युवाबीच प्रेरणादायी व्यक्तित्वका रूपमा लिइन्छ।

हाल सूचना प्रविधि (आईटी) विषयमा अध्ययनरत पौडेलले प्रविधि र समाजसेवालाई संयोजन गरी सामाजिक समस्याहरू समाधान गर्ने तथा डिजिटल साक्षरता प्रवर्द्धन गर्ने लक्ष्य राखेका छन्।

नव निर्वाचित अध्यक्ष पौडेलले आफ्नो अनुभव र योजनाबारे प्रतिक्रिया दिँदै भने, “यो पद मात्र होइन, जिम्मेवारी हो। समाजमा नयाँ सोच र एकताका साथ सेवा पुर्‍याउनु मेरो उद्देश्य हो। लियो क्लब अफ घोराही अम्बिकेश्वरीलाई युवाको सहभागिता, समाजसेवा र नेतृत्व विकासको उत्कृष्ट केन्द्र बनाउन मेरो लक्ष्य हुनेछ।”

लायन्स क्लब इन्टरनेशनल अन्तर्गतको लियो क्लब अफ घोराही अम्बिकेश्वरी सामाजिक कार्य, युवा विकास र सामुदायिक सेवामा केन्द्रित रहनेछ। पौडेलको नेतृत्वमा क्लबले युवालाई सक्रिय बनाउने र दाङमा नयाँ सामाजिक पहल अघि बढाउने अपेक्षा गरिएको छ।

Facebook Comments