नविन पि.एम.
सल्यान। वाईसीएल नेपाल सल्यान, बनगाड कुपिण्डे नगर समितिको आयोजनामा नगरपालिकाको केन्द्र देवस्थल गैरिबजार नजिकै पुलदेखि नगर खेलमैदान हुँदै माथिल्लो बस्तीहरू सम्मको गोरेटो बाटो निर्माण तथा मर्मत कार्य सम्पन्न गरिएको छ।
श्रम तथा उत्पादनमा आधारित “वाईसीएल अभियान” अन्तर्गत देशव्यापी रूपमा सञ्चालन भइरहेका कार्यक्रमलाई आत्मसात गर्दै वाईसीएल बनगाड सल्यानले स्थानीयस्तरमै श्रमदानमार्फत अभियानको सुरुवात गरेको हो।
नेकपा (माओवादी केन्द्र) को सहायक संगठन युवा कम्युनिस्ट लिग (वाईसीएल) ले गाउँस्तरमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ। वाईसीएल बनगाडका अध्यक्ष शरद प्रियाशनका अनुसार समाजमा श्रम र उत्पादनको संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अभियानलाई निरन्तरता दिइएको हो।
उक्त श्रमदान कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य धनबहादुर पुन ‘मित्र’, जिल्ला सचिव कृति बहादुर राना ‘दिप’, पार्टी नगर अध्यक्ष दुर्गा बहादुर बुढाथोकी, मोमत रोका, दिपक यरि, कुल बहादुर पुरी, मान बहादुर खत्री लगायतको उपस्थिती थियो। त्यस्तै वाईसीएल जिल्ला अध्यक्ष खड्क खड्का, प्रदेश सदस्य तथा नगर इन्चार्ज टेक बहादुर पुन, वाईसीएल नगर अध्यक्ष शरद प्रियाशनसहित बनगाडका विभिन्न बस्तीहरूबाट आएका वाईसीएल युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
