दाङ। दाङको प्रमुख जिल्ला अधिकारीमा विश्वप्रकाश अर्याल आउनुभएको छ । उहाँ सिराहबाट सरुवा भएर दाङ आउनुभएको हो ।
अर्याल दाङको ६० औँ प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । यसअघिका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको कैलाली सरुवा भएपछि अर्याल ६० औँ प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुभएको हो ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ११ निवासी अर्याल वि.स.२०५३ सालदेखि निजामति सेवामा प्रवेश गर्नुभएको थियो ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
