• ८ माघ २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गुल्मीमा जारी खेलकुद तथा सांस्कृतिक महोत्सवमा भोलि स्टेज क्वीन भूमिकाको धमाकेदार प्रस्तुति




दाङ । सृजनशील युवा क्लब, सत्यवती–५ हँसरा, गुल्मीले आयोजना गरेको खुल्ला वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०८२ अहिले उत्साहपूर्वक सञ्चालन भइरहेको छ।
भदौ ५ गतेदेखि सुरु भएको भलिबल प्रतियोगितासँगै भदौ १२ गते, ऋषिपञ्चमीका दिन विशेष सांस्कृतिक कार्यक्रम हुने क्लबले जनाएको छ।

कार्यक्रमलाई झनै आकर्षक बनाउन ‘स्टेज क्वीन’को उपनाम पाएकी चर्चित लोक तथा दोहोरी गायिका भूमिका गिरी र लोकप्रिय गायक भागिरथ चालाउनेको विशेष प्रस्तुति रहनेछ। साथै, स्थानीय कलाकारहरूले समेत धमाकेदार प्रस्तुति दिने तयारी गरिएको आयोजकले जानकारी दिएको छ।

आयोजक समितिका अनुसार तीज पर्वलाई विशेष अवसर बनाई आयोजना गरिएको यो कार्यक्रमले खेलकुदप्रति युवाको रुचि बढाउनुका साथै कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।

Facebook Comments