• ८ माघ २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सल्यानमा भीरबाट लडेर एक महिलाको मृत्यु




नबिन पि.एम. 
सल्यान। सल्यानमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको बागचौर नगरपालिका वडा नं-९, परिलेख बस्ने बर्ष २४ कि गीता वली बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताउनु भयो ।

उहाँका अनुसार भीरबाट लगेर गम्भीर घाइते वलिको उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको थियो। अस्पतालमा डाक्टरले मृत घोषणा गरेका हुन्। शवलाई पोषट मार्टमको लागि जिल्ला अस्पतालमै राखिएको छ।

घर नजिकैको मोखल्यान सामुदायिक वनबाट बाख्रा चराएर घर फर्कने क्रममा सोमबार बेलुकी साडे ५ बजेतिर उनि भीरबाट लडेर ५ सय मिटर तल खसेकी थिइन्। उनको टाउकामा गहिरो चोट लागेको थियो।

मृतकका श्रीमान गोपाल बस्नेत रोजगारीको शिलशिलामा प्रदेशमा रहेको बताइएको छ।

Facebook Comments